नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य डाक्टर बेदुराम भुसालले एमालेबाट विद्रोह गरेको दाबी गर्नुभएको छ । आज काभ्रेको सदरमुकाम धुलिखेलमा नेकपा (एकीकृत समाजवादी) नगर कमिटी गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले एमालेसंग बिभाजन नभएको ठोकुवा गर्नु भयो ।
एमाले पार्टी नभै केपी ओली गुट मात्रै रहेको बताउनुभयो । सैद्धान्तिक रूपमा समेत एमाले, एमाले पार्टी नरहेको नेता भुसालको भनाई थियो । ‘एमाले एउटा केपी ओली ‘बा’ गुटमा परिणत भएको छ । एमालेलाई पार्टी भन्न मिल्दैन । मजदुर वर्गको हितमा काम नगर्ने कुनै पार्टी कम्युनिष्ट पार्टी निर्माण हुनै सक्दैन, फरक विचार राख्न नपाईने पार्टी कम्युनिष्ट हुनै सक्दैन, नेता भुसालले भन्नुभयो ।’
नेता भुसालले नेकपा (एकीकृत समाजवादी) पार्टी २०५१ सालको एमाले जस्तै जनमुखि पार्टी बन्ने बताउनुभयो । ‘ब्यक्तिबादका आधारमा नेकपा (एकीकृत समाजवादी) पार्टी चल्दैन । हामी विधि र प्रक्रियालाई आत्मसात गरेर अघि बढ्नेछ । सामुहिक निर्णयमा पार्टी चल्छ । समाजवाद ब्यक्तिबादी सोच र पद्धतिले आउँदैन, केपी ओलीले नेतृत्व गरेको एमाले जस्तै हाम्रो पार्टी कदापी हुँदैन, नेता भुसालले भन्नुभयो ।’
कम्युनिष्ट पार्टीको लागि निर्वाचन ठूलो कुरा नभएको नेता भुसालले बताउनुभयो । जनताको हितमा काम गर्न सकिँदैन भने जित्नुको कुनै अर्थ नरहेको उहाँको भनाई छ । ‘चुनाव जित्नु ठूलो कुरा होइन । जितेपछि जनाताको पक्षमा काम गर्न सकिन्छ कि सकिँदैन भन्ने हो । यसमा हामी प्रष्ट हुन जरूरी छ, नेता भुसालले भन्नुभयो ।’
चुनावसम्म गठबन्धन कायम रहने नेता भुसालको भनाई थियो । अहिलेको गठबन्धन निर्वाचनसम्म कायम रहन्छ । जहाँ जुन पार्टीको पकड छ त्यहाँ त्यहिँ पार्टीले टिकट पाउने । जुन हिसाबले २०५४ सालको जस्तै चुनावी परिमाण हुन्छ भनेर हल्ला चुटिदैँ छ । त्यसमा कुनै सत्यता छैन् । हामी चुनाव जित्ने छौँ, नेता भुसालको भनाई छ ।’
Facebook Comments