खुवा पुर्याएर फर्किँदै गरेका लोक्तोङ भनिने रामलाल बलको मृ त्यु भएको छ । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ५, सतिघाटका ४२ वर्षीय बललाई खानीखोलाले बगाउँदा मृ त्यु भएको जिल्ला प्र हरी कार्यालय काभ्रेले जनाएको छ ।
वडाध्यक्ष दुर्गा तिमल्सिनाका अनुसार बल खानीखोला गाउँपालिका वडा नम्बर २ मकैबारीमा खुवा पुर्याएर घर तर्फ फर्किँदै हुनुहुन्थ्यो । खोला तर्ने क्रममा बललाई बगाएको हो ।
‘उहाँ जुन ठाउँबाट खोला तर्नुभयो । त्यसको कम्तिमा ७ मिनेट जति हिडेपछि पुल भेटिन्छ । अधिकांश मानिस त्यहि पुलबाट ओहोरदोहोर गर्छन् । तर उहाँ पुल भएको ठाउँ नआई खोला तर्न खोज्दा बगाएछ । खानीखोलामा बाढी पनि आईरहेको थियो, वडाध्यक्ष तिमल्सिनाले भन्नुभयो ।
खोलाको ढुङ्गामा मृत शरीर अड्किरहेको देखेपछि स्थानीयले प्र हरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको स्थानीय प्र हरी टोलीले खानीखोला पुलमुनिबाट बलको शव निकालेको थियो ।
‘मुचुल्का नउठाई शव दाहसंस्कार गर्न नमिल्ने भएकाले शवलाई सुरक्षित ठाउँमा राखेका छौं । ईलाका प्र हरी कार्यालय कार्यालय बन्खुको टोली आएपछि मात्रै मुचुल्का उठाएपछि मात्रै शव दाहसंस्कार हुन्छ । बन्खुबाट प्र हरी हिडेसकेको खबर पाएको छु, वडा तिमल्सिनाले भन्नुभयो ।’
Facebook Comments