नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपाल धुलिखेल नगर कमिटीको अध्यक्षमा पूर्णमान तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ । आज धुलिखेलमा भएको अधिवेशनले पात्लेखेतका पूर्णमान तामाङलाई अध्यक्षमा चयन गरेको हो ।
वाईसिएल धुलिखेल नगर कमिटीको उपाध्यक्षमा दिनेश भुजेल, प्रिया तामाङ, सिताराम तामाङ, सचिवमा श्रीराम थापा र सिताराम श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । पदाधिकारी सहित ४१ सदस्यीय वाईसिएलको नगर कमिटी गठन गरिएको माओवादी केन्द्र धुलिखेल नगर कमिटीका सचिव बाबुराम तामाङले जानकारी दिनुभयो ।
वाईसिएलको नगर अधिवेशनलाई पूर्व मन्त्री शक्ति बस्नेत, पूर्व राज्यमन्त्री सूर्यमान दोङ, जिल्ला पार्टी अध्यक्ष रूकु चौलागाई लगायतका नेताहरू सम्बोधन गर्नुभएको थियो । अधिवेशन सुरू हुनु अघि वाईसिएलमा आबद्ध युवाहरूले पार्टी कार्यालय बाँसघारी देखि अधिवेशन स्थलसम्म मार्चपास गरेको थियो ।
Facebook Comments