Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा आमुल सुधार

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
मण्डनदेउपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा आमुल सुधार
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा आमुल सुधार भएको पाईएको छ । कोरोना भाईरसको तीब्र जोखिमका बीचपनि नगरको स्वास्थ्य सेवामा उल्लेख्य सुधार देखिएको हो ।

हिजो र आज दुई दिन चलेको गत आर्थिक वर्षको स्वास्थ्य सेवाको समीक्षा गर्ने क्रममा नगरपालिकाको स्वास्थ्य सेवामा सुधार देखिएको स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो । नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले तोकेको लक्ष्यहरू अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हासिल भएको हो ।

कोरोना भाईरसको जोखिमका बीच पनि नियमित खोप कार्यक्रम सञ्चालन, मातृशिशु मृ त्यु दरमा उल्लेख कमी, स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न जाने नगरबासीको संख्यामा बृद्धि, शुद्ध पिउने पानीमा पहुँच अभिबृद्धि, सबै स्वास्थ्य चौकीमा ईन्टरनेटको पहुँच, कम्प्युटर, फोटो कफी मेसिनको उपलब्धता, महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १५ सय भत्ता उपलब्ध, कोरोना संक्रमणलाई नियन्त्रणमै राख्न नगरपालिकाको स्वास्थ्य शाखा सफल भएको छ ।

समीक्षा कार्यक्रममा सहभागीहरूले कतिपय स्वास्थ्य संस्थाको ब्यवस्थापन समितिको बैठक नियमित गर्न र स्वास्थ्य संस्थालाई तारबार र फर्निचरको ब्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । ‘कोरोना संक्रमितको बीचपनि नगरपालिकाको समग्र स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको छ । दोस्रो लहर अन्तर्गत ६५ जनाले नगरको अस्थायी अस्पतालबाट सेवा लिनु भएको छ । कोभिड बाहेकका खोप रोकिएको छैन्, स्वास्थ्य शाखा प्रमुख घिमिरेले भन्नुभयो ।’

समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख टोक बहादुर वाईबाले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण पक्ष रहेकाले नगरबासीको स्वास्थ्य अवस्था राम्रो हुँदा विकास निर्माणमा समेत छिट्टै उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । ‘कोरोना भाईरसको बीचपनि स्वास्थ्यकर्मीहरूले नगरबासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर काम गर्नु भयो । जसको परिणाम स्वरुप हामीले अघिल्लो बर्षको भन्दा राम्रो प्रगति गरेका छौँ । अझ यसलाई छिटो, छरितो र विश्वसनीय बनाउन तपाईहरू लाग्नोस् । नगरपालिका तपाईहरूकै साथमा छ, नगरप्रमुख वाईबाले भन्नुभयो ।’

नगरप्रमुख वाईबाले अझैपनि कोरोना भाईरसबाट सजग रहनु पर्ने अवस्था रहेकाले स्वास्थ्यकर्मीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । ‘विभिन्न देशलाई हेर्दा पनि हामीले यति छिट्टै कोरोना भाईरसबाट उन्मुक्ति पाइहाल्छौ जस्तो लाग्दैन् । संक्रमण केहि कम भएको छ । कोरोना भाईरस सकियो भनेर ढुक्क भएर बस्ने अवस्था छैन् । स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा बस्नोस्, नगरप्रमुख वाईबाले भन्नुभयो ।’

Post Views: 144

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका सांसद हुमागाईंद्वारा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल

काभ्रेका सांसद हुमागाई नेकपा (ए.स) बागमती संसदीय दलको सचेतकमा चयन

बाँस्कोटाले झुटो प्रचार गरे ‘हामी कांग्रेस मै छौँ, एमाले प्रवेश गरेका छैनौँ’

बाँस्कोटाले झुटो प्रचार गरे 'हामी कांग्रेस मै छौँ, एमाले प्रवेश गरेका छैनौँ'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!