सिन्धुपाल्चोकमा नेकपा (एकीकृत समाजवादी) ले जिल्ला कमिटी घोषणा गरेको छ । सोम सापकोटा संयोजक रहेको १०३ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) को उप-संयोजकमा प्रदेश सांसद ईन्द्रमाया गुरूङ रहनुभएको छ । यस अघि माधव नेपाल समूहको प्राय सबै एमालेमै रहने भएपछि सापकोटाको संयोजकत्वमा नयाँ जिल्ला कमिटी घोषणा गरिएको हो ।
जिल्ला कमिटीको सदस्यमा सम्शेर शाक्य, बिनोद खनाल, नानीराम चौलागाई, अनिता लामा, विकास योजना, चेल कुमार योजना, कुमार श्रेष्ठ, नेत्र शाक्य लगायत छन् ।
सल्लाहकारमा यम बहादुर महत रहनुभएको छ । ५ सदस्यीय संयोजन समिति गठन गरिएको । समितिमा भवगती नेपाल, सोम सापकोटा, गम्भिरलाल श्रेष्ठ, सिंह बहादुर विक र नवराज पौडेल रहनुभएको छ ।
Facebook Comments