Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाढी प्रभावितको गुनासो सुन्दै मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख वाईबा (भिडिओ)

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बाढी प्रभावितको गुनासो सुन्दै मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख वाईबा (भिडिओ)
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा बाढी प्रभावितको गुनासो सुन्न प्रभावित क्षेत्रमै पुग्नुभएको छ । नगरप्रमुख वाईबाले आज वडा नम्बर ६ को सिपाघाटमा पुगेर प्रभावितलाई भेट्नु भएको हो ।

२१ गते ढाँड खोलामा आएको बाढीले खोला आसपास सयौँ हेक्टर खेती योग्य जमिन बगरमा परिणत गरेको छ । त्यस्तै खानेपानीको पाईप र सिँचाई कुलो बगाएको स्थानीयले बताए । नगरप्रमुख वाईबाले क्षति ग्रस्त खानेपानी र सिँचाई कुलो सूचारूका लागि नगरपालिकाका इन्जिनियर र स्काभेटर पठाउने बताउनुभयो ।

नगरप्रमुख वाईबाले खोला नियन्त्रणका लागि मेलम्ची नगरपालिका र मण्डनदेउपुर नगरपालिकाको संयुक्त टोली बनाएर काम थाल्ने बताउनुभयो । ‘दुबै तर्फबाट खोला अतिक्रमण भएको छ । खोला बग्ने ठाउँमा निकै साँघुरो भएको छ । यसलाई दुबै तर्फको नगरपालिकाका प्रतिनिधी बसेर नाप, नक्साको आधारमा नियन्त्रण गर्न आवश्यक छ, नगरप्रमुख वाईबाले भन्नुभयो ।

वडा नम्बर ६ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले खानेपानी र सिँचाई कुल जति सक्दो छिटो सञ्चालनमा ल्याउन काम गर्ने बताउनुभयो । ‘ढाँड खोला यो बर्षपनि धेरै क्षति पुर्याएको छ । धान खेत बगाएको छ । त्यसको पनि संरक्षण गर्नु नै छ । तर सबै भन्दा पहिला खानेपानी र सिँचाईलाई अस्थायी रूपमै भए पनि सूचारू गर्न आवश्यक छ, वडा आचार्यले भन्नुभयो ।’

स्थानीय रामप्रसाद नेपालले २०५८ सालमा जस्तै यो पटक पनि ढाँड खोलामा बाढी आएको बताउनुभयो । ‘मेरो ३ रोपनी खेत थियो । यो लालपूर्जा भएकै जमिन हो । खेतको नाममा यति थियो । सबै बगायो । यो खोलामा बाढी त बर्षेनी आउँथ्यो । तर यस्तो खालको बाढी २०५८ सालमा आएको मलाई सम्झना छ, रामप्रसादले भन्नुभयो ।’

Post Views: 116

Spread the love
    

Facebook Comments

Next Post
नेकपा एसमा सनाखत नगरेका मण्डनदेउपुर-४ का वडाध्यक्ष बजगाईले पार्टी भने छोडेनन्

नेकपा एसमा सनाखत नगरेका मण्डनदेउपुर-४ का वडाध्यक्ष बजगाईले पार्टी भने छोडेनन्

रोशी गाउँपालिकामा कृषि, शिक्षा, स्वास्थ र विपदको अवस्था कस्तो छ ?

रोशी गाउँपालिकामा कृषि, शिक्षा, स्वास्थ र विपदको अवस्था कस्तो छ ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!