Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे कांग्रेसमा गणेश लामालाई कमजोर पार्ने हुमागाईको प्रपञ्चले वडा अधिवेशन अनिश्चित

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
रिहा भए काँग्रेस नेता गणेश लामा
Spread the love
    

काभ्रे कांग्रेसमा गणेश लामालाई कमजोर बनाएर आफु र आफ्नो समूहलाई बलियो बनाउने खेलमा सक्रिय पूर्व जिल्ला सभापति शिव हुमागाईका कारण वडा अधिवेशन लथालिङ्ग भएको छ । देशभरमा वडा अधिवेशन भदौ १८ गतेदेखि भैरहेको छ ।

तर काभ्रेमा भने वडा अधिवेशनको कुनै चालचुल छैन् । पूर्व जिल्ला सभापति शिव हुमागाईले नेता गणेश लामा पक्षीय क्रियाशील सदस्यको नाम मनलाग्दी ढंगले काटेपछि विवाद सिर्जना भएको हो । जसका कारण काभ्रेमा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ ।

गणेश लामा पक्षीय क्रियाशील सदस्यको नाम काटिएपछि जिल्ला सभापति मधु आचार्य केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना बस्न जानु भएको थियो । जिल्ला पार्टी समितिले सिफाशिस गरेका लामा पक्षीय सदस्यहरूको नाम एकाएक काटिएपछि सभापति आचार्य धर्ना बस्न जानु भएको थियो ।

जिल्ला पार्टी समितिले सिफाशिस गरेका क्रियाशील सदस्यको नाम नै सार्वजनिक गर्ने सहमतिपछि धर्ना रोकिएको छ । तर जिल्लामा गणेश लामालाई बाईपास गरेर अघि बढ्न खोज्ने हुमागाई समूहको प्रपञ्चका कारण रोकिएको वडा अधिवेशन अझै कहिले हुने कुनै टुङ्गो लागेको छैन ।

विजय कुमार गच्छदार अध्यक्ष रहेको तत्कालीन मधेसी जनअधिकार फोरमबाट राजनीतिमा हामिनु भएका नेता लामा नेपाली कांग्रेससंग फोरम एकीकृत भएपछि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । गणेश लामा पक्षका लागि काभ्रेमा ८ सय जनालाई क्रियाशील सदस्य दिने सहमति थियो । सोहि अनुरुप जिल्ला समितिले केन्द्रमा नाम पठाएको थियो । तर गणेश लामा पक्षका झण्डै ५ सय क्रियाशील सदस्यको नाम काटिँयो ।

गणेश लामा सभापति मधु आचार्य पक्षीय नेता मानिनुहुन्छ । गणेश लामासंगै मिलेर आचार्य प्यालन अधिवेशनमा आफ्नो बढी भन्दा बढी पदाधिकारी निर्वाचित गराउने पक्षमा छ । नेता लामाले आचार्य प्यानललाई खुलेरै सहयोग गर्दै आउनु भएको छ । क्रियाशील सदस्य नभएपछि पार्टीको कुनैपनि पदमा उम्मेदवारी दिन मिल्दैन् ।

गणेश लामाको भागमा परेका सबैको नाम क्रियाशील सदस्यमा आउँदा आफुहरू निकै कमजोर हुने आँकलन सहित पूर्व जिल्ला सभापति शिव हुमागाईं पक्षले क्रियाशील सदस्यको नाम काटेको स्रोतको दाबी छ । नेता लामाको संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) मा राम्रो उपस्थित छ ।

नेता लामा प्रदेश निर्वाचनमा सोहि क्षेत्रबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिसक्नु भएको छ । उहाँ २०७४ सालमा भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्र लामासंग ४ हजार १७७ कम मत अन्तरले पराजित हुनुभएको थियो । चन्द्र लामाले २४ हजार ४४७ मत पाउँदा गणेश लामाले २० हजार २७० मत प्राप्त गर्नुभएको थियो ।

संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) मा ३३ वटा वडा रहेको छ । यी प्राय: वडाहरूमा गणेश लामा समूहका उम्मेदवार तुलनात्मक रूपमा बढी जित्ने आँकलन गरिएको छ । त्यो क्षेत्रमा शिव हुमागाई पक्षका कयौँ क्रियाशील युवा सदस्यहरूले समेत गणेश लामा समूहलाई सहयोग गर्ने देखेपछि हुमागाई पक्ष थप दबाबमा रहेको पाईएको छ ।

Post Views: 567

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुरको सिपाघाटमा यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र सुरू

मण्डनदेउपुरको सिपाघाटमा यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र सुरू

बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

काभ्रेमा असोज ५ गतेसम्म लकडाउन थप

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!