भदौ ९ गते कारागार कार्यालय धुलिखेलबाट जिल्ला अदालतमा बकपत्रको लागि उपस्थित गराउने क्रममा अदालत परिसर भित्रको क्यान्टीनबाट फ रार भएका सुनिल वाईबा लामा प क्राउ परेका छन् ।
खानीखोला गाउँपालिका वडा नम्बर ६ घर भएका सुनिल २०७७ साल मंसिर ७ गते पाँचखाल नगरपालिकाको तामाघाट बजारमा रहेको रञ्जन लामिछानेको पसलबाट विभिन्न ब्राण्डका रक्सी चोरी गरेको आरोपमा प क्राउ परेका थिए ।
क्यान्टिनमा हतकडी टाईट भएकाले खुकुलो पार्ने क्रममा वाईबा फरार भएका थिए । फरारपछि लामाको चौतर्फी खोजी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार फरारपछि पनि ठगी गर्दै गरेको अवस्थामा वाईबालाई थिमीबाट प क्राउ गरिएको हो ।
वाईबा यसअघि समेत नयाँ बानेश्वर र बौद्धमा मदिरा
चोरी र ठगी कसूरमा संलग्न रहेको पाईएको छ । फरार वाईबाको खोजतलासकै क्रममा भक्तपुर जिल्ला मध्यपूर ठिमी नगरपालिका वडा नम्बर ०५ भिमसेन चोक भन्ने स्थानमा १० लाख ५० हजार बराबरको मदिरा खरिद गर्ने भनि ठगि गर्ने मनसायले केहि मदिरा व्यवसयीहरुसँग कुरा गरिरहेको भन्ने विशेष सूचना महानगरिय प्रहरी वृत्त ठिमी भक्तपुरले प्राप्त गर्यो ।
त्यसपछि खटिएको प्रहरी टोलीले काभ्रेबाट फरार थुनुवा सुनिल वाईवा लामा हुन सक्ने भनि उच्च सतर्कता अपनाई सुक्ष्म रुपले निगरानी गरी नियन्त्रणमा लिएपछि जिल्ला प्र हरी कार्यालय काभ्रेसँग समन्वय गरेको थियो ।
काभ्रे प्र हरीले जिल्ला अदालत काभ्रेको परिसरबाट फरार भएकै व्यक्ति हो भनि एकिन गरेपछि ‘ठगी तथा अप राधिक विश्चासघात मु द्धा’ मा जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान गरी रहेको डिएसपी खतिवडाले जानकारी दिनुभयो ।
Facebook Comments