काभ्रेमा स्थानीय तहका ५६ जना एमाले जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) दल रोजेका छन् । जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले पार्टी र सूर्य चिन्हबाट ३७४ जना विजयी भनेका थिए । जसलाई प्रतिशतमा निकाल्दा १४.९७ हुन आउँछ ।
स्थानीय तहका ५६ बाहेका काभ्रे निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर क र ख बाट निर्वाचित सांसद सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईले पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । यसो गर्दा एमालेबाट निर्वाचित ६८ जनाले नयाँ पार्टीमा सनाखत गरेका छन् ।
नगरप्रमुख १, उपप्रमुख १, उपाध्यक्ष १, वडाध्यक्ष ११ जना, २ जना जिल्ला समन्वय समिति सदस्य र ३४ वडा सदस्य गरी ५६ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन् ।
स्थानीय तहबाट एमाले पार्टी र सूर्य चिन्हबाट विजयी बनेका मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
त्यस्तै ११ जना वडाध्यक्ष, ६ जना कार्यपालिका सदस्य, ३४ जना वडा सदस्य र दुई जना जिल्ला समन्वय समिति सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन् । जिल्लामा १३५ वटा वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय धुलिखेलका अनुसार २०७४ सालको निर्वाचनमा जिल्लाभर एमालेका ३७४ जना उम्मेदवार विजयी बनेका थिए ।
काभ्रेको ६ वटा नगरपालिकामा ७४ वटा वडा रहेका छन् । जसमा ४१ जना वडाध्यक्ष एमालेबाट विजयी बनेका थिए । ६ मध्य ५ वटा नगरपालिकामा प्रमुख, उपप्रमुख एमालेबाट विजयी बनेका थिए । प्रमुख, उपप्रमुख, वडाध्यक्ष, नगर कार्यपालिका सदस्य र वडा सदस्य गरी ६ वटा नगरपालिकामा जम्मा २९० जना जनप्रतिनिधि एमाले पार्टी र सूर्य चिन्हबाट विजयी बनेका थिए ।
त्यस्तै काभ्रेमा ७ वटा गाउँपालिका छन् । जसमा ६१ वटा वडा रहेका छन् । यसमा भुम्लु र खानीखोला गाउँपालिकामा एमालेबाट अध्यक्ष र उपाध्यक्ष विजयी बनेका थिए । १३ जना वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । ७ वटा गाउँपालिकामा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, गाउँकार्यपालिका सदस्य र वडा सदस्य गरी जम्मा ८४ जना मात्रै जनप्रतिनिधि एमालेका थिए ।
नेकपा (एकीकृत समाजवादी) पार्टीमा सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकाबाट १८ जनाले सनाखत गरेका छन् । १२ वटा वडा रहेको त्यहाँ प्रमुख, उपप्रमुख र ८ जना वडाध्यक्ष सहित ५३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । मण्डनदेउपुर नगरपालिकाबाट नगरप्रमुख टोक बहादुर वाईबा, ५ जना वडाध्यक्ष, २ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्य गरी १८ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
१० वडा रहेको भुम्लु गाउँपालिकाबाट उपाध्यक्ष कल्पना श्रेष्ठ, दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य र ६ जना वडा सदस्य गरी ११ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । त्यहाँ अध्यक्ष, उपाध्यक्ष र ५ जना वडाध्यक्ष सहित ३२ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए ।
११ वटा वडा रहेको नमोबुद्ध नगरपालिकाबाट उपप्रमुख रामदेवी तामाङ, एक जना कार्यपालिका सदस्य र ५ जना वडा सदस्य गरी ७ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । त्यहाँ प्रमुख, उपप्रमुख र ६ जना वडाध्यक्ष सहित ४४ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए ।
१२ वटा वडा रहेको पनौती नगरपालिकाबाट एक जना वडाध्यक्ष, कार्यपालिका सदस्य १ जना र तीन जना वडा सदस्य गरी ५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । त्यहाँ प्रमुख, उपप्रमुख र ६ जना वडाध्यक्ष सहित ४६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए ।
१३ वटा वडा रहेको पाँचखाल नगरपालिकाबाट वडा नम्बर ६ का वडाध्यक्ष सहित ४ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । त्यहाँ ४ जना वडाध्यक्ष सहित ३३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए ।
८ वटा वडा रहेको महाभारत गाउँपालिकामा ४ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । जसमा वडा नम्बर ८ का वडाध्यक्ष सहित चारै जना सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । महाभारत गाउँपालिकामा एमाले शुन्य भएको छ ।
१४ वटा वडा रहेको जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका बनेपाबाट वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसी र २ जना वडासदस्य गरी ३ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । बनेपा नगरपालिकाणा प्रमुख, उपप्रमुख र ९ जना वडाध्यक्ष सहित ५८ जना जनप्रतिनिधि एमालेबाट विजयी बनेका थिए ।
९ वटा वडा रहेको तेमाल गाउँपालिकाकामा दुई जना वडाध्यक्ष सहित १३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । जसमा वडा नम्बर २ का एक जना वडासदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
९ वटा वडा रहेको चौरीदेराली गाउँपालिकामा वडा नम्बर ६ का वडाध्यक्ष सहित ५ र वडा नम्बर १ मा एक जना वडा सदस्य गरी ६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । जसमा एक जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
धुलिखेल नगरपालिकामा १२ वटा रहेका छन् । जहाँ प्रमुख, उपप्रमुख र ८ जना वडाध्यक्ष सहित ५६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । धुलिखेल नगरपालिकामा एमालेबाट विजयी बनेका एक जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेनन् ।
७ वडा रहेको खानीखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ४ जना वडाध्यक्ष सहित २६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । उनीहरू सबै एमालेमै रहेका छन् ।
१२ वटा वडा रहेको रोशी गाउँपालिकामा ५ जना मात्रै जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । वडा नम्बर ९ का वडाध्यक्ष सहित ५ जना सदस्य नै एमाले रहेका छन् ।
जिल्लाको बेथानचोक गाउँपालिकामा भने एमालेबाट एक जनापनि उम्मेदवार विजयी बनेका थिएन् । बेथानचोक गाउँपालिकामा ६ वटा वडा रहेको छ ।
Facebook Comments