Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा नेकपा (एकीकृत समाजवादी) प्रति जनप्रतिनिधिको आकर्षण बढ्दो, को कोले गरे सनाखत ?

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेमा एमाले फुट पछि बनेको एकीकृत समाजबादी पार्टीको फ्रन्ट लाईनमा को-को छन् ? (नामसहित)
Spread the love
    

काभ्रेमा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले धमाधम नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । आजसम्म ५३ जनाले सनाखत गरिसकेको जिल्ला निर्वाचन अधिकृत उमेश कुमार राईले जानकारी दिनुभयो ।

हालसम्म सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकाका जनप्रतिनिधिले सनाखत गरेका छन् । नगरप्रमुख टोक बहादुर वाईबाको नेतृत्वमा जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा आज सनाखत गरेका हुन् । नगरप्रमुख वाईबा नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला कमिटीको अध्यक्ष पनि हुनुहुन्छ ।

निर्वाचन कार्यालयका अनुसार आज मात्रै ४४ जनाले नेकपा एस पार्टीमा सनाखत गरेका हुन् । हिजो ९ जनाले सनाखत गरेका थिए । नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले पनि आजै नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएको छ । नमोबुद्ध नगरपालिकाबाट वडा सदस्य र भुम्लु गाउँपालिका दुई जना वडाध्यक्ष सहित अन्य जनप्रतिनिधिले पनि सनाखत गरेका छन् । तर निर्वाचन कार्यालयले नाम भने सबैको गोप्य राखेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ६ का वडा सचितानन्द केसी र अन्य २ जना वडा सदस्य, पनौती नगरपालिकाबाट जिल्ला समन्वय समितिका एक जना सदस्य र वडा नम्बर १२ का तीन जना वडा सदस्यले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

त्यस्तै महाभारत गाउँपालिकामा एमालेले जितेको एउटैमात्र वडा थियो । वडा नम्बर ८ का वडाध्यक्ष सहित ४ जना सदस्यले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । त्यसैगरि पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष वडा नम्बर १ का दुई जना वडा सदस्य र वडा नम्बर २ का एक जना वडा सदस्यले सनाखत गरेका छन् ।

तेमाल गाउँपालिका वडा नम्बर २ का एक जना वडा सदस्यले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

यो संख्या अझै बढ्ने नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष टोक बहादुर वाईबाले बताउनुभयो । ‘भोली अन्तिम दिन हो । आज केहि साथीहरू गएर निर्वाचन कार्यालयमा सनाखत गर्नुभयो । भोलिसम्म अझ यो संख्या बढ्छ, अध्यक्ष वाईबाले भन्नुभयो ।’

Post Views: 451

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकाको तीज विशेष कार्यक्रम: सांसद देखि मेयरसम्म नाचे छमछमी

धुलिखेल नगरपालिकाको तीज विशेष कार्यक्रम: सांसद देखि मेयरसम्म नाचे छमछमी

धुलिखेलको थिङ गाउँमा ‘एक घर, एक धारा’

धुलिखेलको थिङ गाउँमा 'एक घर, एक धारा'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!