Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

अटेरी बनेपा !

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, जीवनशैली, फिचर, समाचार, समाज
बनेपामा ट्राफिक प्र’हरीको एक्सन सुरू, यस्तो छ नयाँ नियम 
Spread the love
    

बनेपाको चारदोबाटो क्षेत्रमा भदौ १ गतेदेखि ट्राफिक प्र हरीले नयाँ नियम लागू गरेको छ । नयाँ नियम लागू गर्नु अघि काभ्रेका ट्राफिक प्र हरी प्रमुख प्रमिला श्रेष्ठले जनप्रतिनिधि, यातायात ब्यवसायी र सरोकारवाला पक्षसंग बृहत छलफल गर्नु भएको थियो ।

ट्राफिक प्र हरीले चारदोबाटोदेखि गोदामचोकसम्म पार्किङलाई ब्यवस्थित गराउन नयाँ नियम लागू गरेको हो । नयाँ नियम कार्यान्वयनका लागि प्रचार प्रसार पनि गरियो । तर नियम लागु भएको दिन ट्राफिक प्र हरीले थुप्रै सवारी साधनमा ह्विल लक गर्नु परेको थियो ।

मानौ यो त पहिलो दिन थियो । सबैले थाहा नपाउन सक्छन् । तर त्यसपछिका दिनहरूमा पनि अटेर गर्ने प्रवृत्ति निकै हाबी छ । ट्राफिक प्र हरीको आँखा छलेर पार्किङ गर्ने सवारी चालक र धनीको ब्यवहार कायमै छ ।

ट्राफिक प्र हरीले चारदोबाटोदेखि गोदामचोकसम्मको वारी १५ दिन र पारि १५ दिन पार्किङ गर्न पाउने ब्यवस्था मिलाएको थियो । तर यो नियम पालना गर्ने भन्दा पनि उल्लङ्घन गर्नेको संख्या बढी छ । दिनहुँ जसो ट्राफिक प्र हरीले कुनै न कुनै सवारी साधन ह्विल लक गरिएको हुन्छ ।

नियम लागु भएको तीन साता बित्नै लाग्दा पनि ट्राफिक प्र हरी हातमा ह्विल लक लिएर बस्नु पर्ने अवस्था छ । ट्राफिक प्र हरीले चारदोबाटोमा पनौतीको गाडी रोक्ने र यात्रु चढाउने कार्यलाई बन्द गरेर भदौ १ देखि गाेदामचाेक स्थित सहकारी भवन अघि सार्ने निर्णय गरेको थियो । तर त्यो पनि ब्यवहारिक रुपमा कार्यान्वयन भएको पाइँदैन ।

अब्यवस्थित पार्किङले बनेपा साँच्चै कुरूप बनिरहेको छ । तर त्यहाँका नगरबासी ब्यवस्थित पार्किङ आफुहरूबाटै सुरू गरौँ भन्ने पक्षमा देखिँदैन । सानो क्षेत्र र अत्याधिक मानिसको बसोबास बनेपाको मुख्य विषेशता हो ।

बनेपामा ब्यवस्थित पार्किङका लागि जनप्रतिनिधि आउनु भन्दापहिले कर्मचारी तहबाट पनि निर्णयहरू नभएका होइनन् । तर एक दुई हप्ता पालना गरेजस्तो गर्ने र फेरी पहिलेकै अवस्थामा अब्यवस्थित बन्ने बनेपाको अर्को महत्वपूर्ण विशेषता हो । जसले गर्दा राजधानी पूर्वका जिल्लाहरुको प्रमुख ब्यापारीक केन्द्र बनेपा अस्तब्यस्त देखिन्छ ।

Post Views: 442

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा कांग्रेसले बनायाे क्रियाशील सदस्य दोब्बर

काभ्रेमा कांग्रेसको वडा अधिवेशन अनिश्चित, केन्द्रले निर्वाचन अधिकृत नै पठाएन

बनेपामा फोहोर फाले १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना

बनेपामा फोहोर फाले १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!