काभ्रेमा एमालेको समानन्तर कमिटी नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरण भएको छ । आज बनेपामा भएको बैठकले एमालेको समानन्तर कमिटी नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
नेकपा (एकिकृत समाजवादी) काभ्रे जिल्ला कमिटिको प्रथम बैठकले यस अघि निर्माण भएका सबै कमिटी समाजवादीमा रुपान्तरण गर्ने निर्णय गरेको उपाध्यक्ष बसुन्धरा हुमागाईले जानकारी दिनुभयो ।
अब सबै जनवर्गीय संगठनहरू पनि नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरण भएका छन् । बैठकले पार्टीलाई मजबुद बनाउने निर्णय गरेको छ ।
Facebook Comments