Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल नगरपालिकामा ‘स्वस्थ सहर’ अन्तर्गत पहिलो चरणको काम सुरू

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेल नगरपालिकामा ‘स्वस्थ सहर’ अन्तर्गत पहिलो चरणको काम सुरू
Spread the love
    

काभ्रेको धुलिखेल नगरपालिकालाई ‘स्वस्थ सहर’ बनाउने काम सुरू भएको छ । पहिलो चरणको काम सुरू गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरलाई स्वस्थ सहर बनाउने पहिलो चरण अन्तर्गत डिजिटल हेल्थ प्रोफाइलको तयारीका लागि तथ्यांक संकलन कार्य प्रारम्भ भएको हो । नगरपालिकाको हेल्थ प्रोफाइल स्वास्थ्य सहरको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

नगरपालिकाले धुलिखेल अस्पतालसंग समन्वय गरेर तथ्याङ्क संकलन सुरू गरेको हो । धुलिखेल नगरपालिकाका सबै घरमा गणकहरू पुग्ने छन् । यसका लागि नगरपालिकाले गणकहरूलाई आवश्यक तालिम दिईसकेको छ ।

५ पेज लामो प्रश्न तयार गरिएको छ । घरपरिवारको अवस्थादेखि हाल खाईरहेको औषधी र उपचार गरिरहेको रोगको समेत विस्तृत विवरण गणकहरूले संकलन गर्ने छन् । यसका लागि २२ जना गणकहरू घर-घर पुग्ने छन् । बढीमा ३ महिनाभित्र तथ्याङ्क संकलन गरिसक्ने गरी नगरपालिकाले कार्य योजना बनाएको छ ।

नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले सबै घर -घरै पुगेर बास्तलिक वितरण ल्याउन गणकहरूलाई निर्देशन दिनुभयो । ‘डिजिटल हेल्थ प्रोफाइलले धुलिखेल नगरपालिकाको समग्र स्वास्थ्य अवस्था पत्ता लाग्ने भएकाले यो हाम्रो आधार हो । यसमा तपाईहरूले जति मेहनत गर्नु हुन्छ त्यति नै तथ्याङ्क यथार्थ आउँछ । त्यसैले घर-घर पुग्नोस् । वडाका जनप्रतिनिधिले सहयोग गर्नु हुन्छ । कुनै अप्ठ्यारो आए नगरपालिका सधै तपाईहरूको साथमा छ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’

‘स्वस्थ सहर’ धुलिखेल नगरपालिकाले अघि सारेका मध्य महत्वपूर्ण योजनाभित्र पर्छ । यो योजना देशभरमै नमुना योजना हुने बताइएको छ । नगरपालिकाले नवौँ नगरसभा मार्फत चालु आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएको छ ।

Post Views: 362

Spread the love
    

Facebook Comments

Next Post
मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

काभ्रेमा कोरोना संक्रमण घट्दो क्रममा तर जोखिम उस्तै

मण्डनदेउपुर नगरपालिका-८ मा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा कमिटी विस्तार

मण्डनदेउपुर नगरपालिका-८ मा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा कमिटी विस्तार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!