Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेको १३ स्थानीय तहमा एमालेबाट विजयी भएका कतिले एमाले त्याग्लान् ? (नाम र वडासहित)

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित
Spread the love
    

तत्कालीन एमाले दल फुटेपछि उक्त पार्टी र सूर्य चिन्हबाट विजयी भएका जनप्रतिनिधिलाई अहिले निकै चासो पुर्बक हेरिएको छ । यहि भदौ २२ गतेसम्म दल रोज्न पाउने प्रावधान रहेका कारण उनीहरू सर्वाधिक चर्चामा रहेका छन् ।

काभ्रेमा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । १३५ वटा वडा रहेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पार्टीका उम्मेदवार काभ्रेका कुन कुन स्थानीय तह र कुन कुन वडामा विजयी भएका थिए । भनेर यहाँ चर्चा गरिदैछ ।

जिल्लाको सबैभन्दा पहिलो नगरपालिका बनेपाको नगरप्रमुखमा एमालेबाट लक्ष्मी नरसिंह बादे र उपप्रमुखमा रेखा दाहाल विजयी हुनुभएको छ । बनेपा नगरपालिकामा १४ वटा वडा रहेका छन् । जस मध्ये ९ वटा वडा एमालेले जितेको थियो ।

वडा नम्बर ३ का वडाअध्यक्ष कृष्ण प्रसाद दाहाल, वडा नम्बर ४ का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष बलराम अधिकारी, वडा नम्बर ६ का वडाध्यक्ष सचिता नन्द केसी, वडा ७ का वडाध्यक्ष वर्ण शक्य, वडा नम्बर १० का वडाध्यक्ष चन्द्र बहादुर खड्का, वडा नम्बर ११ का वडाध्यक्ष शिव कुमार थापा, वडा १२ का वडाध्यक्ष राम बहादुर कुँवर र वडा नम्बर १४ का वडाध्यक्ष गौरी राउत नेकपा एमालेबाट विजयी हुनुभएको थियो । जसमध्ये वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसी नेकपा (एकिकृत समाजवादी) पार्टीमा खुल्नु भएको छ ।

धुलिखेल नगरपालिकामा १२ वटा वडा रहेका छन् । त्यसमा ८ वटा वडा एमालेले जितेको थियो । जसको नगरप्रमुखमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ र उपप्रमुखमा बिमला शर्मा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

वडा नम्बर १ का वडाध्यक्ष रमेश प्रसाद घोरसाइने, वडा नम्बर २ का वडाध्यक्ष देवप्रसाद कोईराला, वडा नम्बर ३ का वडाध्यक्ष विनोद पराजुली, वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन जंगम, वडा नम्बर ९ का वडाध्यक्ष बसन्त बहादुर रानाभाट, वडा नम्बर १० का वडाध्यक्ष पुष्पराज राउत, वडा नम्बर ११ का वडाध्यक्ष बिष्णु धिताल र वडा नम्बर १२ का वडाध्यक्ष हर्क बहादुर लामा एमालेबाट विजयी हुनुभएको थियो । धुलिखेलमा हालसम्म एक जनापनि जनप्रतिनिधि नेकपा (एकिकृत समाजवादी) पार्टीमा खुलेका छैनन् ।

पनौती नगरपालिकामा १२ वटा वडा रहेका छन् । जसमा ७ वटा वडाध्यक्ष एमालेबाट विजयी बनेका थिए । जसको नगरप्रमुखमा भिम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

वडा नम्बर १ का वडाध्यक्ष गुणनाथ सापकोटा, वडा नम्बर २ का वडाध्यक्ष पुरूषोत्तम अधिकारी, वडा नम्बर ३ का वडाध्यक्ष किशोर थापा, वडा नम्बर ४ का वडाध्यक्ष बुद्ध सिंह थापा, वडा नम्बर ५ का वडाध्यक्ष श्रीधर पाध्या कुईकेल र वडा नम्बर १२ का वडाध्यक्ष ईश्वर राज जंगम एमालेबाट विजयी हुनुभएको थियो । पनौती नगरपालिकामा हालसम्म एक जनापनि जनप्रतिनिधि नेकपा (एकिकृत समाजवादी) पार्टीमा खुलेका छैनन् ।

पाँचखाल नगरपालिकामा १३ वटा वडा रहेका छन् । जसको ५ जना वडाध्यक्षहरू एमालेबाट विजयी भएका छन् । वडा नम्बर १ का वडाध्यक्ष अष्ट बहादुर तामाङ, वडा नम्बर ६ का वडाध्यक्ष रामशरण दुलाल, वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर ढकाल, वडा नम्बर १० का वडाध्यक्ष नारायण प्रसाद सापकोटा र वडा नम्बर १२ का वडाध्यक्ष गोपाल बहादुर दनुवार एमालेबाट विजयी हुनुभएको थियो । जसमध्ये वडा नम्बर ६ का वडाध्यक्ष रामशरण दुलाल नेकपा (एकिकृत समाजवादी) पार्टीमा खुल्ने सम्भावना छ ।

नमोबुद्ध नगरपालिकामा ११ वटा वडा रहेका छन् । ६ जना वडाध्यक्ष नेकपा एमालेबाट विजयी हुनुभएको थियो । जसको नगरप्रमुखमा एमालेबाट टंकप्रसाद शर्मा र उपप्रमुख रामदेवी तामाङ निर्वाचित हुनुभएको थियो ।

वडा नम्बर २ का वडाध्यक्ष सञ्जिव ढकाल, वडा नम्बर ३ का वडाध्यक्ष राम शरण हुमागाईं, वडा नम्बर ४ का वडाध्यक्ष उद्धव प्रसाद काफ्ले, वडा नम्बर ५ का वडाध्यक्ष बुद्ध सिंह तामाङ, वडा नम्बर ८ का वडाध्यक्ष शेर बहादुर तामाङ र वडा नम्बर ११ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ एमालेबाट निर्वाचित हुनुभएको थियो । नमोबुद्ध नगरपालिकामा उपप्रमुख रामदेवी तामाङ बाहेक अन्य जनप्रतिनिधि नेकपा (एकिकृत समाजवादी) पार्टीमा खुलेका छैनन् ।

मण्डनदेउपुर नगरपालिकामा १२ वटा वडा रहेका छन् । त्यसमा ८ जना वडाध्यक्ष एमालेबाट विजयी बनेका थिए । जसको नगरप्रमुखमा एमालेबाट टोक बहादुर वाईबा र उपप्रमुख निर्मला शाहि निर्वाचित हुनुभएको थियो ।

वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण प्रसाद बस्ताकोटी, वडा नम्बर ३ का वडाध्यक्ष दिल बहादुर तामाङ, वडा नम्बर ४ का वडाध्यक्ष भुवन प्रसाद बजगाईं, वडा नम्बर ६ का वडाध्यक्ष डिल्ली प्रसाद आचार्य, वडा नम्बर ७ का वडाध्यक्ष नारायण प्रसाद लम्साल, वडा नम्बर ८ का वडाध्यक्ष झलक प्रसाद पौडेल, वडा नम्बर ९ का वडाध्यक्ष जित बहादुर तामाङ र वडा नम्बर ११ का वडाध्यक्ष माधव प्रसाद न्यौपाने एमालेबाट विजयी हुनुभएको थियो ।

मण्डनदेउपुर नगरपालिकामा नगरप्रमुख वाईबा सहित वडाध्यक्षहरू वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण प्रसाद बस्ताकोटी, वडा नम्बर ३ का वडाध्यक्ष दिल बहादुर तामाङ, वडा नम्बर ४ का वडाध्यक्ष भुवन प्रसाद बजगाईं, वडा नम्बर ६ का वडाध्यक्ष डिल्ली प्रसाद आचार्य, वडा नम्बर ७ का वडाध्यक्ष नारायण प्रसाद लम्साल र वडा नम्बर ११ का माधव प्रसाद न्यौपाने माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीमा सुरूदेखि नै खुलेका छन् ।

भुम्लु गाउँपालिकामा १० वटा वडा रहेका छन् । जसमा ५ वटा वडाका वडाध्यक्ष एमालेबाट विजयी बनेका थिए । त्यहाँको पालिका अध्यक्ष गुमानध्वज कुँवर र उपाध्यक्ष कल्पना श्रेष्ठ एमालेबाटै विजयी हुनुभएको हो ।

एमालेबाट वडा नम्बर २ का वडाध्यक्ष कृष्ण कुमार कार्की, वडा नम्बर ४ का वडाध्यक्ष लोक बहादुर कुँवर, वडा नम्बर ६ का वडाध्यक्ष भरत बहादुर शिवभक्ती, वडा नम्बर ७ का वडाध्यक्ष रमेशराज खरेल र वडा नम्बर ८ का वडाध्यक्ष मोतिलाल तामाङ एमालेबाट विजयी हुनुभएको थियो । भुम्लु गाउँपालिकामा उपाध्यक्ष कल्पना श्रेष्ठ सहित वडा नम्बर २ का वडाध्यक्ष कृष्ण कुमार कार्की र वडा नम्बर ८ का वडाध्यक्ष मोतिलाल तामाङ माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीमा सुरूदेखि नै खुलेका छन् ।

चौरीदेराली गाउँपालिकामा ९ वटा वडा रहेका छन् । एउटा मात्रै वडा एमालेले जितेको हो । वडा नम्बर ६ का वडाध्यक्ष रमेश प्रसाद चौलागाईं र अन्य ४ जना वडा सदस्य एमालेबाटै निर्वाचित हुनुभएको थियो । उहाँ एमालेमै हुनुहुन्छ ।

तेमाल गाउँपालिकामा पनि ९ वटा वडा रहेका छन् । जसमा दुई वटा वडामात्रै एमालेले जितेको हो । वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठ र वडा नम्बर २ का वडाध्यक्ष तेमाल सिं तामाङ एमालेबाट निर्वाचित हुनुभएको थियो । उहाँहरू नयाँ दलमा नजाने निश्चित छ ।

महाभारत गाउँपालिकामा ८ वटा वडा रहेका छन् । जसमा वडा नम्बर ८ का वडाध्यक्ष टंक प्रसाद आले सहित अन्य चार सदस्यले पनि एमालेबाटै जितेका थिए । उहाँहरू पनि एमालेमै रहने अनुमान गरिएको छ ।

खानीखोला गाउँपालिकामा ७ वटा वडा रहेका छन् । जसमा ४ वटा वडाध्यक्ष एमालेबाट विजयी बनेका थिए । खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलाल र उपाध्यक्ष रूकमेणी गुरूङ एमालेबाटै विजयी हुनुभएको हो ।

वडा नम्बर २ का वडाध्यक्ष ईन्द्र बहादुर थिङ, वडा नम्बर ३ का वडाध्यक्ष जय बहादुर लुङगेली मगर, वडा नम्बर ५ का वडाध्यक्ष दुर्गा प्रसाद तिमल्सिना र वडा नम्बर ६ का वडाध्यक्ष मान बहादुर गोले एमालेबाट विजयी बनेका थिए । एमाले फुटको असर यो गाउँपालिकामा देखिएको छैन् । सबै जनप्रतिनिधि एमालेमै रहनेछन् ।

रोशी गाउँपालिकामा १२ वटा वडा रहेका छन् । जसमा एउटा मात्रै वडा एमालेले जितेको थियो । वडा नम्बर ९ का वडाध्यक्ष जनम तामाङ र अन्य चार सदस्य पनि एमालेबाटै विजयी हुनुभएको हो । उहाँहरू नयाँ पार्टीमा नजाने बताइएको छ ।

जिल्लाको बेथानचोक गाउँपालिकामा ६ वटा वडा रहेका छन् । जहाँ एक जना पनि वडाध्यक्ष एमाले पार्टीले जितेको छैन् । हाल प्रस्तुत गरिएको विवरणमा भदौ २२ गतेपछि केहि फेरबदल आउने निश्चित छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकृत उमेश कुमार राईका अनुसार यो विवरण तयार पार्दासम्म कुनै पनि जनप्रतिनिधि दल फरेको सनाखत गर्न आएका छैनन् ।

Post Views: 489

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकामा ‘स्वस्थ सहर’ अन्तर्गत पहिलो चरणको काम सुरू

धुलिखेल नगरपालिकामा 'स्वस्थ सहर' अन्तर्गत पहिलो चरणको काम सुरू

मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

काभ्रेमा कोरोना संक्रमण घट्दो क्रममा तर जोखिम उस्तै

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!