Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेबाट को-को मन्त्री बने, गोकुल बाँस्कोटा किन चर्चामा रहिरहे ?

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
काभ्रेबाट को-को मन्त्री बने, गोकुल बाँस्कोटा किन चर्चामा रहिरहे ?
Spread the love
    

२००७ साल यताको ईतिहास हेर्ने हो भने काभ्रे जिल्लाबाट सरकारमा १० जना पुगेको देखिन्छ । तर जिल्लाको विकास निर्माणको योगदानलाई हेर्ने हो भने गोकुल बाँस्कोटाको तुलना अन्य ९ जनासंग गर्न पटक्कै मिल्दैन् ।

भलै कुरा काट्नेहरूले विकास भन्दा पनि ७० करोड काण्डले बाँस्कोटाले जिल्लालाई चिनाएको पनि भन्न भ्याएकै छन् । यो केवल ओठे तर्क मात्रै हो । यसमा कुनै सत्यता देखिँदैन् । बाँस्कोटालाई लामो समय देखि नजिकबाट चिन्ने र मनमा कुनै स्वार्थ नबोकेका ईमान्दार कार्यकर्ता र समकक्षीहरू ७० करोड काण्ड बाँस्कोटाबाट हुनै नसक्ने विश्वास गर्छन् ।

तर जिल्लामा बाँस्कोटाले भित्र्याएका विकास बजेटबाट अतालिएरका विपक्षीहरूलाई ७० करोड काण्ड एउटा ‘स्वादिलो मसला’ बनेको छ । तर हेक्का राख्नु पर्ने कुरा चाहिँ के हो भने मसला स्वादिलो छ भन्दैमा सबै तरकारीमा प्रयोग गर्न मिल्छ भन्ने छैन् । बाँस्कोटाले यसको परीक्षण निर्वाचनबाटै गर्ने पटक पटक बताउँदै आइरहनु भएको छ । र निकटस्थहरू कुनै पनि हालतमा विकास निर्माणमा गरेको बाँस्कोटाको योगदानलाई सम्मान गर्न र ७० करोडको कलङ अर्को पटकको निर्वाचनमा निर्वाचित गराएर मेटाउन चाहान्छन् ।

काभ्रेबाट बाँस्कोटा सहित शैलेन्द्र उपाध्याय, सुशिला थापा, केशव बडाल र राजेन्द्र खरेल मन्त्री बनेका छन् । त्यस्तै सत्यमान लामा, गोविन्दनाथ उप्रेती, सूर्यमान दोङ, कन्चनचन्द्र बादे र रेशम लामा राज्यमन्त्री बने । राजेन्द्र खरेलले शिक्षा क्षेत्रमा टिके जागिर लगाएर चर्चा बटुल्नु बाहेक अन्य मन्त्री र राज्यमन्त्रीहरूले खास उपलब्धि मुलक काम गरेका छैन् ।

तर बाँस्कोटा मन्त्री बनेपछि साच्चै बत्ती मुनिको अधेँरो हटेको छ । बाँस्कोटा विजयी भएको निर्वाचन क्षेत्र नम्बर २ मा विकास निर्माणले नयाँ स्वरूप लिएको छ । विकास निर्माणमा ठूलो हलचल ल्याईदिएका छन् बाँस्कोटाले । विपक्षी तरङ्गित बनेका छन् । मतदाता खुशी छन् । मतको सहि सदुपयोग गाउँ टोलमा भैरहेको विकास निर्माणले प्रष्टै देखाएको छ ।

बाँस्कोटाले सुरुवात गरेका केहि ठूलो परियोजनाहरूको तत्कालै परिमाण पाइदैन । तर दीर्घकालीन महत्वका योजनाहरूले बाँस्कोटालाई पछिल्लो पुस्ताले पनि सम्झिरहने छ ।

राजधानी उपत्यकाबाट सबैभन्दा नजिक भएको जिल्ला भएर अपेक्षाकृत विकास हुन नसकेको काभ्रेलाई बाँस्कोटाले ठूलै गुण लगाएका छन् ।बाँस्कोटाको निर्वाचन क्षेत्रमा अर्बौंको विकास योजना चालु आर्थिक वर्षमा पनि सञ्चालनमा छ । बाँस्कोटाकै खास जोडबलमा देशभरमा भन्दा बढी काभ्रे जिल्लाकै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सुरूवात भएको छ ।

ग्रामीण सडक स्तरोन्नति । शुद्ध खानेपानीमा नागरिकको पहुँच अभिवृद्धि गराउने । सुरूङ मार्ग मार्फत राजधानीसंग काभ्रेको यात्रा छोट्याउने जस्तो योजनाहरू बाँस्कोटाका उपहार हुनेछ । राजधानी र केहि उच्च तहका नेताको निर्वाचन क्षेत्रमा मात्रै सिमित बजेट बाँस्कोटाले आफ्नो जिल्लाको लागि खोसेर ल्याउन सफल भए । यसका लागि पनि बाँस्कोटालाई मतदाताले स्याबस भनिरहेका छन् ।

केन्द्रमा पहुँच राख्न सक्ने नेता भयो भने विकास निर्माणले काँचुली फेर्ने रहेछ भन्ने विश्वास बाँस्कोटाले मतदातालाई दिलाएका छन् । चिया पसल, चौतारोहरूमा बाँस्कोटाकै कुरा हुन्छ । चाहे बाँस्कोटाको पक्षमा होस् वा विपक्षमा नै किन नहोस् । ५/७ जना भेला भएको ठाउँमा बाँस्कोटाको नाम उच्चारण नभएको बिरलै हुन्छ । अर्थात् गोकुल बाँस्कोटा एउटा बिम्बको रूपमा स्थापित बनेका छन् ।

विपक्षीलाई विकास बजेट ल्याएर तर्साइरहेका छन् बाँस्कोटा । प्रष्ट बक्ता, मनमा छलकपट नराख्ने नेता भनेर पनि धेरैले बाँस्कोटालाई बुझ्छन् । यति हुँदा हुँदै पनि बाँस्कोटाका केहि बलजफ्ती स्वभाव छन् । जुन नेतामा हुनु पर्ने गुणभित्र पर्दैन । र पनि कार्यकर्ताले स्वीकार गरिदिनु परेको छ ।

Post Views: 396

Spread the love
    

Facebook Comments

Next Post
जिल्ला अदालत काभ्रेको परिसरबाट फरार थुनुवा अझै प क्राउ परेनन्, प्र हरीमाथी नै शंका !

जिल्ला अदालत काभ्रेको परिसरबाट फरार थुनुवा अझै प क्राउ परेनन्, प्र हरीमाथी नै शंका !

काभ्रेका गोलेको उपचारका लागी मलेशियाबाट आर्थिक सहयोग

काभ्रेका गोलेको उपचारका लागी मलेशियाबाट आर्थिक सहयोग

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!