बनेपाको पुण्यमाता खोलामा बाढी आएको छ । निरन्तरको बर्षासंगै आएको बाढी सहज रूपमा निकास हुन नसक्दा बनेपा-पनाैती सडककाे पुण्यमाता पुल क्षेत्रमा सवारी आवागमनमा समस्या भएको छ ।
खोला सडकबाट बग्न थालेको छ । मानवीय अतिक्रमणबाट आफ्नो आकार घटाउन बाध्य भएको पुण्यमाता खोला । पुल नजिकै सडकमा पानी जमेपछि सवारी आवागमनमा समस्या आएको हो ।
खासगरी साना सवारी साधनहरू समस्या परिरहेका छन् । बनेपाको पुल बजारमा पनि पानीको सतह निकै बढेको छ । ठूलो पानी पर्न साथ बनेपाको पुल बजार क्षेत्र सबैभन्दा पहिले डुबानमा पर्ने गरेको छ ।
Facebook Comments