सिन्धुपाल्चोक जिल्लामा तत्कालीन एमालेको माधव गुट अन्ततः कोमामा पुगेको छ । आज राजधानीमा भएको माधव गुटका नेता कार्यकर्ताहरूको भेलाले एमालेमै रहने निर्णय गरेसंगै जिल्लामा माधव गुट अन्त्य भएको हो ।
बैकठमा एमाले अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहरा, पोलिटब्युरो सदस्य अरुण नेपाल, नेता सुभाष कर्माचार्य, नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष झम्क नेपाल, जिल्ला सचिब एवं लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, उपसचिब सूर्य लामा, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमफुञ्जो शेर्पा उपस्थित हुनुभएको थियो ।
त्यस्तै थाङपालधाप गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ सहभागी हुनुभएको थियो । सिन्धुपाल्चोकमा एमालेले १२ मध्ये ७ वटा स्थानीय तहमा विजयी हासिल गरेको थियो । जसमध्ये जुगल गाउँपालिकाका अध्यक्ष हेमनारायण श्रेष्ठ सुरूदेखि नै ओली गुटमै हुनुहुन्छ ।
बैठकमा एमालेबाट निर्वाचित उपप्रमुख र उपाध्यक्ष मध्ये मेलम्ची नगरपालिकाका उपप्रमुख भवती नेपाल मात्रै सहभागी हुनुभएको छ । लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान ओली गुटमै हुनुहुन्छ । बैठकमा माधव नेपाल समूहका जिल्ला तहमा प्रभाव राख्ने फ्रन्टलाईनर अधिकांश नेताहरू सहभागी थिए ।
निकै लामा छलफल चलेको थियो । यसअघिका गतिविधिको गहिरो ढङ्गले विश्लेषण भएको सहभागीले बताएका छन् । बैठकमा सहभागी जनप्रतिनिधिहरूले सूर्य चिन्हबाटै मत लिएर विजयी भएको र अबको राजनीतिक भविष्य पनि एमालेमै रहेको निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेता बताए । बैठकमा सहभागी नेताहरूले एकताबद्ध एमालेको पक्षमा दृढताका साथ उभिने र सिन्धुपाल्चोकमा एमालेलाई पहिलेभन्दा मजबुद गर्दै पहिलो पार्टी बनाउने साझा उदघोष समेत गरेका छन् ।
सिन्धुपाल्चोक जिल्ला माधव नेपालको नेपाल बलियो जिल्लाको रूपमा परिचित थियो । तर अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेसंगै माहोल एकाएक फेरिएको बताईन्छ । जिल्लामा नवौँ जिल्ला अधिवेशन निर्वाचित अध्यक्ष झम्क नेपाल सहितको ठूलो जिल्ला कमिटी सदस्य माधव गुटमा थिए । तर अब उनीहरू माधव नेपाललाई साथ नदिने औपचारिक निष्कर्षमा पुगेका हुन् ।
‘नयाँ पार्टीमा लागेर हाम्रो राजनीतिक भविष्य अहिले नै सकाउने पक्षमा छैनौ । पहिले पनि माधव कमरेडलाई हामीले पार्टी फुटाउने कुरामा साथ दिदैनौँ भन्दै आएका थियौँ । तर उहाँले अलगै पार्टी दर्ता गराईनै सक्नुभयो । गाउँ गाउँमा अहिले पनि बृद्धा भत्ता दिने पार्टी भनेको सुर्य नै हो भन्नेको जमात ठूलो छ । यो जमातलाई हामीले अपमान गर्न मिल्दैन् । हामी एमालेमै बस्छौँ, नाम उल्लेख नगर्ने सर्तमा बैठकमा सहयोग एक जिल्ला नेताले भने ।’
Facebook Comments