धुलिखेल नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष स्वर्गीय राजन कोईरालाको चौथो स्मृति दिवस तथा बार्षिक श्रद्धाञ्जली सभा कार्यक्रम आज सम्पन्न भएको छ । राजन कोईरालाकै स्मृतिमा निर्माण गरिएको पार्कमा चौथो स्मृति दिवस तथा बार्षिक श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको थियो ।
कोईराला नेकपा एमालेका नेता पनि हुनुहुन्थ्यो । उहाँको २०७४ भाद्र ९ गते निधन भएको थियो । तर ह त्या भएको ४ बर्ष बितिसक्दा पनि ह त्यारा पत्ता नलाग्नुलाई भने निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेका बेला कोइरालामाथि २०७४ साल भदौ ४ गते घर नजिकै आ क्रमण भएको थियो । आ क्रमणबाट गम्भीर घा इते भएका कोइरालाको अचेत अवस्थामा नर्भिक अस्पताल, काठमाडौँमा उपचारका क्रममा भदौ ९ गते निधन भएको थियो ।
उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । कोइराला धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा अचेत अवस्थामा फेला पर्नुभएको थियो । नेकपा एमालेबाट निर्वाचित कोइरालाका एक श्रीमती, तीन छोरा र बुबा र आमा छन् । उहाँ जिल्लामा सामाजिक अभियन्ताको रुपमासमेत परिचित हुनुहुन्थ्यो ।
नगरपालिकाले स्वर्गीय कोइरालाको सम्झना स्वरुप पार्क बनाएको छ । आज नेकपा एमाले काभ्रेका जिल्ला अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले कोईरालाको शालिकमा फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली दिनुभयो ।
स्मृति सभामा एमालेका नेता, कार्यकर्ता, जनप्रतिनिधि र शुभचिन्तकहरुको सहभागिता भएका थिए । सभामा सहभागी आफन्तहरूले ह त्यारा पत्ता लगाउन माग गरे । यतिका बर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेपछि आफन्तले प्र हरीको भुमिका प्रतिसमेत शंका गरेका छन् ।
कोईरालाको नि धन भएपछि जिल्लामा थुप्रै प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी फेरिए । तर उनीहरू कसैले पनि उक्त घ टनाको बास्तविकता पत्ता लगाएर परिवारलाई न्याय दिने कोशिस समेत गरेको पाइँदैन ।
Facebook Comments