Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home मनोरञ्जन

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in मनोरञ्जन, मनोरञ्जन, साहित्य
मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित
Spread the love
    

साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताउनुभयो । उहाँले भन्नुभयो,- ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुङाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’ यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उहाँले औंल्याउनुभयो ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,- ‘शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ ।’

तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो ।
यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो,- ‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’ उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै आधुनिकता र परम्पराको समन्वयको खाँचो औंल्याएको बताउनुभयो ।

कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताउनुभयो । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ’- उहाँले भन्नुभयो ।

मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवणर्लता’ प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उहाँको तेस्रो उपन्यास हो । उहाँ बौद्ध दर्शनका अध्येता हुन् ।

Post Views: 399

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको कात्तिकेदेउरालीमा माधव नेपालको नयाँ पार्टीको पालिका स्तरीय भेला सुरू

काभ्रेको कात्तिकेदेउरालीमा माधव नेपालको नयाँ पार्टीको पालिका स्तरीय भेला सुरू

मेलम्ची बाढी प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग

मेलम्ची बाढी प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!