काभ्रेका १३ वटा स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा देखिएको छ । महाभारत गाउँपालिकामा २९ लाख ४० हजार अर्थात् ०. ४३ प्रतिशत मात्रै बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार दोस्रो नम्बरमा पाँचखाल नगरपालिका छ । पाँचखाल नगरपालिकामा १ करोड १९ लाख ३५ हजार अर्थात् ०. ८६ प्रतिशत मात्रै रकम बेरुजु छ ।
त्यस्तै धुलिखेल नगरपालिकामा १ करोड ५७ लाख ७६ हजार अर्थात् ०. ९९ प्रतिशत बेरुजु रकम रहेको छ ।रोशी गाउँपालिकामा २ करोड ५४ लाख ४० हजार अर्थात् १. ८८ प्रतिशत बेरुजु देखिएको छ ।
बनेपा नगरपालिकामा ३ करोड ८३ लाख ५२ हजार अर्थात् २. २८ प्रतिशत बेरुजु छ । नमोबुद्ध नगरपालिकामा ३ करोड ८० लाख ८४ हजार अर्थात् २. ८३ प्रतिशत, खानीखोला गाउँपालिकामा २० लाख ६ हजार अर्थात् ३. ३१ प्रतिशत बेरुजु रकम रहेको छ ।
पनौती नगरपालिकामा ७ करोड ३५ लाख ९२ हजार अर्थात् ३. ६२ प्रतिशत बेरुजु छ । चौरीदेउराली गाउँपालिकामा ५ करोड ४७ लाख ५७ हजार ५. २४ प्रतिशत बेरुजु रकम रहेको छ ।
मण्डनदेउपुर नगरपालिकामा ८ करोड ७७ लाख अर्थात् ५. ४६ प्रतिशत रकम बेरुजु रहेको छ । भुम्लु गाउँपालिकामा ५ करोड ८४ लाख ३६ हजार अर्थात् ६. १२ प्रतिशत रकम बेरुजु रहेको छ ।
बेथानचोक गाउँपालिकामा ५ करोड ९७ लाख ५१ हजार अर्थात् ७. ९७ प्रतिशत बेरुजु छ । जिल्लामा सबैभन्दा बढी बेरुजु रकम तेमाल गाउँपालिकामा देखिएको छ । तेमालमा ९ करोड २४ लाख ४ हजार अर्थात् ९. ७० प्रतिशत बेरुजु देखिएको छ ।
Facebook Comments