बागमती प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाईको निर्वाचन क्षेत्रमा कृषिका थप कार्यक्रम र बजेट पठाएको छ । सांसद हुमागाईंका अनुसार पनौती, बनेपा, मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकामा कृषिका कार्यक्रम र बजेट थप भएको हो ।
पनौती नगरपालिकामा भैँसी प्रवर्द्धन कार्यक्रमका लागि ३० लाख विनियोजन गरिएको छ । बनेपा नगरपालिकाको ३ र ४ मा तरकारी खेती प्रवर्द्धन अन्तर्गत २५ लाख विनियोजन भएको सांसद हुमागाईंले बताउनुभयो ।
त्यस्तै मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १ देखि १ देखि ६ सम्म तोरि बालीको पकेट क्षेत्रका लालि २५ लाख रूपैयाँ विनियोजन भएको छ । बेथानचोक गाउँपालिकामा भैँसी ब्लक कार्यक्रमका लागि ७० लाख रूपैयाँ विनियोजन भएको सांसद हुमागाईंले बताउनुभयो ।
त्यसैगरी बेथान्चोक गाउँपालिका वडा नम्बर १ मा कफिको पकेट क्षेत्रका लागि २५ लाख र वडा नम्बर २ मा बाख्रा पकेट क्षेत्रका लागि १५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
यी हुन् प्रदेश सांसद हुमागाईंले आफ्नो क्षेत्रको ३० वटा वडामा सञ्चालन गर्ने योजना
यी हुन् प्रदेश सांसद हुमागाईंले आफ्नो क्षेत्रको ३० वटा वडामा सञ्चालन गर्ने योजना
Facebook Comments