Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा नयाँ ब्यानर सहित माधब नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीको गतिविधि सुरू

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेमा नयाँ ब्यानर सहित माधब नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीको गतिविधि सुरू
Spread the love
    

काभ्रेमा नयाँ ब्यानर सहित माधब नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पार्टीको गतिविधि सुरू भएको छ । धुलिखेलमा जारी युवा संघ नेपाल र अनेरास्ववियूको संयूक्त विस्तारित बैठकको मञ्चमा नयाँ ब्यानरको प्रयोग गरिएको हो ।

यसअघि एमालेकै ब्यानरमा कार्यक्रम हुँदै आएको थियो । तर निर्वाचन आयोगमा माधब नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएपछि काभ्रेमा नयाँ ब्यानर सहित कार्यक्रम थालिनी गरिएको हो । पहिले एमाले पार्टीको सूर्य चिन्ह अंकित झण्डा सहितको ब्यानर राखिदै आएको थियो । तर आजको कार्यक्रममा पुष्षलाल श्रेष्ठ, मण्दन भण्डारी र मनमोहन अधिकारीको फोटो राखिएको छ ।

कार्यक्रममा तत्कालीन एमालेको ९ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबा, सांसद लक्ष्मण लम्साल, नेताहरू दिपक गौतम, समिप त्रिपाठी, विजय लामा, प्रदिप लामा, भेषराज शाह, दया सागर श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

कार्यक्रममा युवा र विद्यार्थीलाई सम्बोधन गर्दै सांसद लम्सालले भ्रष्टाचारका विषयलाई शसक्त उठाउन आग्रह गर्नुभयो । नयाँ ढंगले अब पार्टी संगठन विस्तार गर्न आवश्यक रहेको भन्दै सांसद लम्सालले अनुशासित भएर आफ्नो संगठनलाई गाउँ गाउँसम्म लैजान युवा र विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यसै अनुरुप अघि बढ्न आग्रह गर्नुभयो ।

जिल्ला अध्यक्ष टोक बहादुर वाईबाले तत्कालीन एमाले पार्टी विधि र पद्धति अनुसार नचलेकै कारण नयाँ पार्टी गठन गर्नुको विकल्प नरहेको बताउनुभयो । नयाँ पार्टीको सोच र विचारलाई आम नागरिक समक्ष लैजान युवा र विद्यार्थीलाई अध्यक्ष वाईबाले निर्देशन दियो ।

केन्द्रमा केपी ओली र काभ्रेमा गोकुल बाँस्कोटा प्रवृत्तिको अन्त्य गर्न जरूरी रहेको अध्यक्ष वाईबाको भनाई छ । ‘यो समूह जिल्लाले भ्रमको खेती गरिरहेको छ । यसलाई चिर्दै हामी अघि बढ्नु पर्ने छ । भ्रममा नपर्नु होस् । उल्टो काम गर्नेको विरूद्ध ठाउँ ठाउँमा भण्डाफोर गर्न आवश्यक छ, अध्यक्ष वाईबाले भन्नुभयो ।’

Post Views: 1,216

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा अघि बढ्यो नेकपा एकिकृत समाजवादी पार्टी: महत्वपूर्ण दुई संगठनलाई पूर्णता

काभ्रेमा अघि बढ्यो नेकपा एकिकृत समाजवादी पार्टी: महत्वपूर्ण दुई संगठनलाई पूर्णता

काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० मा नेकपा एकीकृत समाजवादी पार्टी विस्तार

काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० मा नेकपा एकीकृत समाजवादी पार्टी विस्तार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!