Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा एमाले फुट पछि बनेको एकीकृत समाजबादी पार्टीको फ्रन्ट लाईनमा को-को छन् ? (नामसहित)

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रेमा एमाले फुट पछि बनेको एकीकृत समाजबादी पार्टीको फ्रन्ट लाईनमा को-को छन् ? (नामसहित)
Spread the love
    

एमाले विधिवत् रूपमा फुटेपछि गाउँ तहसम्म यसको असर परेको छ । काभ्रेमा यस अघि समानन्तर कमिटी गठनदेखि नै गुट क्लियर गरेका नेता कार्यकर्ताहरू खासै विभाजित भएका छैनन् । पहिले जाहाँ थिए, उनीहरू अहिले पनि त्यहि देखिएका छन् ।

केहि भने पर्ख र हेरको रणनीतिमा देखिन्छन् । कतिपय जनप्रतिनिधि देखि भ्रातृ संगठनका पदाधिकारीहरू दल रोज्न पाउने २१ दिने हद म्यादको पर्खाईमा छन् । तर उनीहरूका लागि २१ दिन कुर्नु आफैमा नोक्सानी हो ।

काभ्रेमा एमालेको नौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबाले नै नयाँ दल नेकपा एकिकृत समाजबादीको नेतृत्व गर्नु हुने भएको छ । यसअघि उहाँकै अध्यक्षतामा माधव-झलनाथ समूहको जिल्ला कमिटी गठन भैसकेको थियो ।

एकीकृत समाजबादी पार्टीमा काभ्रेका पुराना र अनुभवी नेताहरू छन् । नयाँ पार्टीमा ९ औं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबा, एमाले केन्द्रीय अनुशासन आयोगका सचिव शिव बहादुर देउजा, संविधानसभा सदस्यद्वय कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटा, बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईं पहिलो लाईनमा देखिनुभएको छ ।

काभ्रे जिल्लाका पुराना बामपन्थी नेता एवं एमाले बागमती अञ्चल सदस्य रामप्रसाद अधिकारीले पनि माधव नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजबादी पार्टी साथ दिनु हुनेभएको छ ।

जनप्रतिनिधिहरूमा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, वडाध्यक्षहरू डिल्ली आचार्य, माधवप्रसाद न्यौपाने, लक्ष्मण बस्ताकोटी, नारायण लम्साल, दिल बहादुर तामाङ, सचितानन्द केसी र भुवनप्रसाद बजगाईं नेकपा एकिकृत समाजबादीमै रहने निश्चित छ । उहाँहरूले यसअघिको समानन्तर गतिविधिमा पनि खुलेरै माधव-झलनाथ समूहलाई साथ दिनुभएको थियो ।

नेकपा एकिकृत समाजबादी पार्टीमा शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, प्रदेश कमिटी सदस्यहरू कमला अधिकारी, मुकुन्द गौतम, तुईकाजी ताम्राकार, ईश्वर पौडेल पनि रहनु भएको छ । त्यसैगरी पूर्व जिल्ला कमिटी सदस्य उद्धव थापा, हरिगोपाल प्रधानाङ्ग, हरेराम सापकोटा, कृष्ण चौलागाईं रहनु भएको छ ।

पूर्व जिल्ला सल्लाहकार प्रमुख पूर्ण कर्माचार्य, शिक्षक नेता कुवाङ्छु लामा, नेता रामशरण लुइँटेल, पूर्व गाविस अध्यक्ष जगत शाह र राजकृष्ण गिरीले पनि रहनु साथ दिनुभएको छ । पनौतीका सहदेव थापा, चलालगणेस्थानका प्रेम लामा, अनेरास्ववियूका पूर्व उपाध्यक्ष दिपक गौतम, सचिव भक्त कुमारी लामा पनि नयाँ दलमै रहनु हुनेभएको छ ।

युवा नेता रघुवर चौप्रधान, प्रदिप लामा, भेषराज शाह, गाेकुल गौतम, उषा घिसिङ, प्राणनाथ न्यौपाने, यादव कोईराला, दया सागर श्रेष्ठ, पासाङ डोल्मा लामा, बद्री तिमिल्सिना, बदन भण्डारी, प्रताप लेमा, होम तिमल्सिना, सानु भाई विश्वकर्मा लगायत दर्जनौं युवाहरू नयाँ दलमै आबद्ध हुनु भएको छ ।

Post Views: 1,821

Spread the love
    

Facebook Comments

Next Post
‘जता माधव नेपाल म पनि उतै’-अध्यक्ष वाईबा

'जता माधव नेपाल म पनि उतै'-अध्यक्ष वाईबा

इन्द्रावती किनारमा एक जनाको श’व फेला

सिन्धुपाल्चोकमा ट्याक्टरबाट खसेका बालकको मृ त्यु

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!