Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भुम्लु गाउँपालिकामा सिण्डिकेट: गुण्डा आ’तंक, प्रहरी मौन, पत्रकार झण्डै कु’टिएनन्

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ
Spread the love
    

काभ्रेको भुम्लु गाउँपालिकामा गुण्डा आ’तंक मच्चिएको छ । गाउँपालिकाको कार्यालय वरपर नै अराजकता फैलिरहदा गाउँपालिकाका जिम्मेवार पदाधिकारी भने त्यसैमा रमाईरहेको भान हुन्छ ।

भुम्लु गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि टेण्डर आह्वान गरेको छ । यसमा सबैले प्रतिस्पर्धा गर्न पाउनु पर्ने हो । तर नदीजन्य पदार्थ उत्खननमा यो पटक पनि सिण्डिकेट कायमै रहेको छ । टेण्डर हाल्न जान समेत बन्देज लागेको विवरणहरू सामाजिक सञ्जालमा सार्वजनिक भैरहेका छन् ।

त्यसैको सिकार पत्रकार दिल बहादुर थोकर समेत परे । उनी जसोतसो ज्या न जोगाएर फर्किन सफल भए । केहि अपरिचित व्यक्तिले दुर्ब्य बहार गरे । पत्रकार थोकर माथि कसरी दुर्ब्यबहार भयो ? उनकै शब्दमा

‘म बुधवार भुम्लु गाउँपालिकामा जानुको तीन वटा कारण थियो । पहिलो पुरानो बिल भुक्तानी । दोस्रो अनलाईनका लागि नयाँ सम्झौता । तेस्रो टेन्डर प्रकियाको रिपोर्टिङ । तल बाटोदेखि नै युवाहरू थिए । उनीहरूले खास केही भनेनन् ।

जब म मोटरसाइकलमा गाउँपालिकाको कार्यालय पुगे । मोटरसाइकल पार्किङ गरेर पालिका अध्यक्ष गुमानध्वज कुँवरको कार्यकक्ष तर्फ जाँदै गर्दा पछाडीबाट ‘ब्रदर’ भन्ने शब्द मेरो कानमा पर्यो । म अघि बढी रहे । फेरी अर्को मान्छेले ‘ओ ब्रदर’ भनेर चर्को स्वरमा बोलायो । म नसुने झै गरी अध्यक्षको कार्यकक्ष तर्फ लम्किए ।

पालिका अध्यक्षको कार्यकक्षमा कम्तिमा दुई घण्टा बिताए । कुराकानी सकेर फर्किन मोटरसाइकल स्टाड गर्न साथ दुई जना युवा ‘रोक’ भन्दै मेरो सामुन्ने आए । मैले रोके । टेण्डरको फर्म किनेको हो भनेर सोधे । मैले हो भने । तर मैले टेण्डरको फर्म किनेको थिईन् । हामीलाई नसोधि किन किनेको भनेर युवाहरूले भने । यो त सबैले किन्न पाउने हो किन सोध्नु ? मैले भने ।

अघि पनि हामीले बोलाउँदा नसुकेको झै गरी हिड्यो । यसले ठूलो कुरा गर्यो भने ती युवाहरूले । त्यसपछि ४०/५० जनाको संख्यामा रहेका युवाहरू आए । मलाई घेरा हाले । युवाहरूले पछाडि आउनुस् कुरा गरौ भने । मैले किन जानु भने । फेरी ठूलो कुरा गर्यो भनेर मोटरसाइकलको चाँबी थुते । उनीहरू घरपछाडि गए । म चाहिँ पालिकाको कार्यालय ।

अनि पालिका अध्यक्ष गुमानध्वज कुँवरलाई जानकारी गराए । उहाँले ‘ए होर कस्तो दुःखद कुरा आयो । कस्तो केटाहरू रहेछन् मात्रै भन्नुभयो ।’ गाउँपालिकाका अर्का कर्मचारीले चाहिँ केहि चिन्ता लिनुपर्दैन । मान्छे चिन्नुपर्छ नि कस्तो केटाहरू रहेछन् भन्दै फोन डायल गरे । चाँबी ल्याईहाल्छन् भने उनले । तर पनि चाँबी ल्याएनन् । मैले फेरी अध्यक्ष गुमानध्वज कुँवरलाई मेरो चाँबी के गर्ने भनेर सोधे । ‘जसले लगेको हो त्यहिँसंग लिनुस् । प्र हरीलाई फोन गरिदिन्छु भन्नुभयो ।’

मलाई अगाडि घेरा हाल्दा पनि प्र हरी त्यहि थिए । केहि पनि समन्वय गरिदिएनन् । लगभग लगभग भौतिक रूपमै आ क्रमण गर्नेसम्मको मनस्थिति युवाहरूमा देखिन्थ्यो । त्यसको १०/१५ मिनेटको बिचमा चाँबी ल्याइदिए । अनि म फर्किए ।’

भुम्लु गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन गरेर निकै राम्रो राजस्व संकलन गर्छ । कम्तिमा ८ देखि १० वटा बगरमा बार्षिक करोडौंको ठेक्का लाग्ने गरेको छ । नदीको ठेक्कामा जनप्रतिनिधिहरूले र्याल काट्दा बर्षेनी समस्या हुने गरेको छ । यस्तो झमेलाको रमिते जिल्ला प्रशासन कार्यालय र गाउँपालिका आफै बन्ने गरेको छ ।

Post Views: 732

Spread the love
    

Facebook Comments

Next Post
मेलम्चीमा बालुवा निकाल्न पाउनु पर्ने माग राख्दै माझी र दनुवार समुदाय आन्दोलित

मेलम्चीमा बालुवा निकाल्न पाउनु पर्ने माग राख्दै माझी र दनुवार समुदाय आन्दोलित

मण्डनदेउपुर नगरपालिकाको १२ वटै वडामा सकियो पाडी वितरण

मण्डनदेउपुर नगरपालिकाको १२ वटै वडामा सकियो पाडी वितरण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!