काभ्रेको धुलिखेल नगरपालिकाले आज एकैदिन अत्याधिक मानिसलाई कोरोना भाईरस विरूद्धको एस्ट्राजेनेका खोपको पहिलो डोज लगाउन सफल भएको छ । आज नगरपालिकाभित्रको ९ वटा स्वास्थ्य संस्था मार्फत एस्ट्राजेनेका खोपको पहिलो डोज लगाइएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।
एकैदिन १ हजार ८ सय १२ जना पुरुष र २ हजार ४ सय ६५ जना महिला गरी ४ हजार २ सय ७७ जनाले कोरोना बिरुद्ध एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएका हुन् । जौन संख्या अहिलेसम्मकै धेरै होला ।
नगरपालिकाले त्रिभूवन विश्वविद्यालयको परीक्षा दिने विद्यार्थी, शिक्षक र विदेशी जानेहरूले एस्ट्राजेनेका खोपको पहिलो डोज खोपका लागि सूचना जारी गरेको थियो । त्यस्तै यसअघि खोप लगाउन छुटेका निजामती तथा संघसंस्थाका कर्मचारी, दीर्घ रोगी, अपाङ्ग भएका ब्यक्तिले आज पहिलो डोज लगाएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।
११ बजेदेखि ३ बजेसम्म खोप केन्द्र खुल्ला गरिएको थियो । नगरपालिकाले ९ वटै खोप केन्द्रलाई ब्यवस्थित ढंगले सञ्चालन गरेको थियो । स्वास्थ्यकर्मीलाई उचित तवरले परिचालन गरेकै कारण यतिधेरै मानिसलाई एकैदिन खोप लगाउन सम्भव भएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।
खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न र खोप लगाउन आएका ब्यक्तिको अवस्था बुझ्न नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ आफै कतिपय केन्द्रमा पुग्नु भएको थियो । खोप लगाउन आएकाहरूसंग भलाकुसारी गर्दै नगरप्रमुख ब्याञ्जुले कोरोना भाईरसको सं क्रमण बढिरहेको भन्दै स्वास्थ्यको ख्याल गर्न र समस्या परे नगरपालिका सधै सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
नगरप्रमुख ब्याञ्जुका अनुसार धुलिखेल नगरपालिकाका ९५ प्रतिशतले कोरोना भाईरस विरूद्धको खोप लगाइसकेका छन् । धुलिखेल नगरपालिका नेपालमै धेरै खोप लगाउने नगरपालिका भएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।
Facebook Comments