काभ्रे तेमाल गाउँपालिकाका वडा नम्बर ५ मा रहेको प्रसिद्ध सत्य नारायण मन्दिरमा यो पटक पनि मेला नलाग्ने भएको छ । सत्य नारायण मन्दिरमा जनैपूर्णिमाको अवसरमा मेला लाग्दै आएको थियो ।
तर आज गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले सूचना जारी गर्दै कोरोना भाईरसको संक्रमण बढीरहेको भन्दै जनैपूर्णिमाको अवसरमा हुने मेला नगर्न आग्रह गर्नुभएको छ । संघीय सरकारले नै मेला, जात्रा, पर्व जस्ता मानिसको धेरै भिडभाड हुने कुनैपनि कार्यक्रम नगर्न भनेको छ ।
त्यसैलाई आधार मानेर पालिकाले सूचना जारी गरेर मेला नगर्न आग्रह गरेको हो । पालिका अध्यक्ष तामाङले कोरोना भाईरसको संक्रमणबाट जोगिने सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
Facebook Comments