Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपामा माधव-झलनाथ समूहका युवाले वितरण गरे मास्क

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
बनेपामा माधव-झलनाथ समूहका युवाले वितरण गरे मास्क
Spread the love
    

मयुवा संघ नेपाल काभ्रेले राजधानी पूर्वको मुख्य ब्यापारिक केन्द्र बनेपामा मास्क वितरण गरेको छ । कोरोना भाईरसबाट जोगिन सचेतना जोगाउने उद्देश्यले मास्क वितरण गरिएको युवा संघ नेपाल काभ्रेले जनाएको छ । मास्क वितरण कार्यक्रमको उद्घाटन पैदल यात्रुलाई मास्क दिएर युवा संघ नेपालका केन्द्रीय सचिव एव कार्यक्रमका प्रमुख अतिथी भेषराज शाहले गर्नुभएको थियो ।

कोरोना भाईरसको दोस्रो लहर सुरू भए यता लकडाउनका बेला पनि जिल्लामा निकै सक्रिय रहेको युवा संघले मास्क वितरण गरेको हो । बनेपामा अरनिको राजमार्गको दायाँ बायाँ चारदोबाटो देखि नालादोबाटो र नालादोबाटो देखि चारदोबाटोसम्म मास्क वितरण गरिएको युवा संघ नेपाल काभ्रेका सचिव जयराम केसीले जानकारी दिनुभयो ।

युवा संघ काभ्रेले बनेपामा करिब १ हजार पिस सर्जिकल मास्क वितरण गरेको हो । ‘कोरोना भाईरसबाट जोगिन मास्क अनिवार्य लगाउनु पर्छ भनेर सांकेतिक रुपमा सन्देश दिन गरिएको कार्यक्रम हो । युवा संघ नेपाल बनेपा जस्तै देशका मुख्य-मुख्य बजार क्षेत्रमा मास्क वितरण गर्ने उद्देश्यका साथ अघि बढेको छ, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले भन्नुभयो ।’

युवा संघ नेपाल काभ्रेको मास्क वितरण कार्यक्रममा ईलाका प्र हरी कार्यालय बनेपाका प्रमुख राजन कोईरालाले नालादोबाटो देखि चारदोबाटोसम्म साथ दिनुभएको थियो । युवाहरूसंगै हिँडेर कोईरालाले मास्क नभएकालाई मास्क दिँदै, सकेसम्म भिडभाडमा ननिस्कन र निस्कनै परे नाक-मुख राम्रोसंग छोप्ने गरी मास्क लगाउन पैदल यात्रुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीका पदाधिकारी सहभागी भएका थिए । उनीहरूले मास्क लगाउन र कुनै सरसमान छोएपछि राम्रोसंग साबुन पानीले हात धुन र साबुन पानी नभएको गुणस्तरीय स्यानिटाजरको प्रयोग गरेर हात सफा राख्न सुझाएका थिए । ‘युवा संघ काभ्रेले दोस्रो पटकको लकडाउनका बेला समस्यामा परेका घरपरिवारलाई खाद्यान्न सहयोग गर्यो । काभ्रेमा युवा संघका साथीहरू निकै सक्रिय हुनुहुन्छ । तपाईहरू यसैगरी अघि बढ्नोस् । जिल्ला कमिटीलाई साथ सहयोग गर्न केन्द्रीय कमिटी सधै तत्पर छ, केन्द्रीय सचिव शाहले भन्नुभयो ।’

युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीले हप्ताको एक दिन जिल्लाका बिभिन्न शहर र बजारहरुमा माक्स वितरण र सचेतना कार्यक्रम गर्ने घोषणा गरेको छ ।

Post Views: 453

Spread the love
    

Facebook Comments

Next Post
तेमाल गाउँपालिकाको कडा निर्देशन ‘अटेर गरे तलब रोक्का गरिदिने, कोरोना लागे शिक्षक आफै जिम्मेवार हुनुपर्ने’

तेमालको सत्य नारायण मन्दिरमा यो पटकपनि जनैपुर्णिमाको मेला नहुने

धुलिखेलमा एकैदिन यति धेरैले लगाए एस्ट्राजेनेका खोपको पहिलो डोज, ब्यवस्थापन उत्कृष्ट

धुलिखेलमा एकैदिन यति धेरैले लगाए एस्ट्राजेनेका खोपको पहिलो डोज, ब्यवस्थापन उत्कृष्ट

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!