काभ्रेको बनेपा नगरपालिकाले अनुदानमा मकै छोडाउने मेसिन र पानी तान्ने पम्प वितरण गर्ने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै मकै छोडाउने मेसिन र पानी तान्ने पम्पको माग गर्न किसानलाई आग्रह गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीका अनुसार ५० प्रतिशत अनुदानमा मेसिन प्रदान गर्न लागिएको हो । किसानले ७ गतेभित्र नगरपालिकाको कृषि शाखामा निवेदन दिनु पर्नेछ ।
ब्यवसायी खेती गरिरहेका किसान, कृषक समूह र सहकारीले निवेदन दिन सक्ने छन् । नेपाली नागरिकता, सम्बन्धित वडाको सिफारिस, समूह र सहकारीमा आबद्ध भएका किसानले निर्णयको प्रतिलिपी बुझाउँनु पर्ने छ ।
यसअघि अनुदान लिएका किसान यो कार्यक्रममा सहभागी हुन पाउने छैनन् ।
Facebook Comments