Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नमोबुद्ध नगरपालिकामा बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना निर्माणको तयारी अन्तिम चरणमा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
नमोबुद्ध नगरपालिकामा बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना निर्माणको तयारी अन्तिम चरणमा
Spread the love
    

काभ्रे नमोबुद्ध नगरपालिकामा बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना निर्माण हुने भएको छ । खनालथोक-खाक्सी बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना नाम दिइएको ठूलो परियोजना निर्माणको अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको भिडिओ हेरौँ 

आयोजना निर्माणको अन्तिम चरण स्वरूप जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाका प्रमुख अरूण सिम्खडा, संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठ, खनालथोक-खाक्सी बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोहन कुमार क्षेष्ठ, राजनीतिक दलका प्रतिनिधि र उपभोक्ताको टोलीले स्थलगत अवलोकन समेत गरिसकेको छ ।

अब आयोजनाको छिट्टै टेण्डर प्रक्रिया अघि बढाउने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘हामी आयोजनाको मुहानदेखि मुख्य ट्याङ्की रहने ठाउँसम्मको स्थलगत अवलोकन गरिसकेका छौं । उपभोक्ता समितिले गर्नु पर्ने कामका विषयमा पनि छलफल गरिसकेका छौं । अब छिट्टै टेण्डर प्रक्रिया अघि बढ्छ, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो ।’

नमोबुद्ध नगरपालिकाको वडा नम्बर ६ को सिस्ने खेत स्थित रोशी खोलाको पानी पम्पिङ सिस्टमबाट दाप्चा क्षेत्रमा बन्ने मुख्य ट्याङ्कीमा खसालिने छ । ‘हामी जतिसक्दो छिटो आयोजना सुरू होस् भन्ने पक्षमा छौं । स्थानीय स्तरमा समन्वय गर्ने जिम्मा हाम्रो हो । समयमै आयोजना सकाउन हामी कुनै कसर बाँकी राख्दैनौ, उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो ।’

अहिले नमोबुद्ध नगरपालिकाको वडा ६, ७ र ८ का १६ सय घरधुरीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्य राखिएको छ । तर स्थानीय स्तरमा वडा नम्बर ९ लाईपनि समेट्ने गरी बहस थालिएको छ । ‘नमोबुद्ध नगरपालिकाको माथिल्लो भेगका जनता खानेपानीको चरम समस्या हुनुहुन्छ । बेलैमा खानेपानीको ब्यवस्था नगर्ने हो भने अहिलेको बस्ती अझ विस्थापित हुनेछ । पानीको ब्यवस्थापन गर्न सकिए यहिका नागरिकको आयस्रोत बढ्छ, उपभोक्ता समितिका कोषाध्यक्ष कृष्ण खनालले भन्नुभयो ।’

काभ्रे जिल्लामा बृहत सुख्खा क्षेत्र खानेपानीका दुईवटा योजनामा धमाधम काम भैरहेको छ । नेपालकै दोस्रो तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको ७० प्रतिशत काम सकिएको छ । त्यस्तै चौरीदेराली गाउँपालिकामा पनि सुख्खा क्षेत्र खानेपानी आयोजनाका काम भैरहेको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको काम पनि अघि बढेको छ । टेण्डर प्रक्रिया सक्किएर निर्माण कम्पनीसंग सम्झौता समेत भैसकेको छ । यो आयोजनाको छिट्टै शिलान्यास गर्ने तयारी गरिएको छ । खनालथोक-खाक्सी बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको भने अब टेण्डर हुनेछ ।

Post Views: 705

Spread the love
    

Facebook Comments

Next Post
बनेपामा ट्राफिक प्र’हरीको एक्सन सुरू, यस्तो छ नयाँ नियम 

बनेपामा ट्राफिक प्र'हरीको एक्सन सुरू, यस्तो छ नयाँ नियम 

बनेपाका किसानलाई अनुदानमा मकै छोडाउने मेसिन र पानी तान्ने पम्प

बनेपाका किसानलाई अनुदानमा मकै छोडाउने मेसिन र पानी तान्ने पम्प

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!