मण्डनदेउपुर नगरपालिकाका ४५ जनालाई प्रविधि हस्तान्तरण गरिएको छ । हिजो कुन्ताबेसीमा आयोजित कार्यक्रममा नगरप्रमुख टोक बहादुर वाईबा र उपप्रमुख निर्मला शाहिले ४५ जनालाई प्रविधि हस्तान्तरण गर्नुभएको हो ।
गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण गरिएको लघु उद्यम विकास कार्यक्रमका फाेकल पर्सन सुरज पाैडेलले जानकारी दिनुभयो । पोडेलका अनुसार १६ जनालाई सिलाई मेसिन वितरण गरिएको छ ।
त्यस्तै ७ जनालाई पानी ट्याङ्की, ६ जनालाई प्लाष्टिक
टनेल, १२ जनालाई चार्जेबल स्प्रे पम्प र ३ जनालाई ग्रेण्डर मेसिन वितरण गरिएको हो ।
Facebook Comments