कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवाग्राहीका लागि बार तोकेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज एक सूचना जारी गर्दै जिल्लाको नगरपालिकाका सेवाग्राहीलाई बार तोक्नु भएको हो ।
धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका र पनौती नगरपालिकाका सेवाग्राहीले आईतबार, मंगलबार र बिहीबार सेवा लिन पाउनेछन् ।
त्यस्तै मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीले सोमबार, बुधबार र शुक्रबार सेवा लिन पाउने गरी बारे तोकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र, नागरिकता र पासपोर्ट बनाउनेको पछिल्लो समयमा प्रशासन कार्यालयमा निकै घुइँचो लाग्ने गरेको छ । एईई परीक्षाको परीक्षाफल प्रकाशित भएपछि नागरिकता बनाउनेको संख्या बढेको छ ।
Facebook Comments