पनौती-बनेपा सडकको काम फेरी सुरु भएको छ । बर्षा कम भएसंगै पनौती बनेपा सडकको निर्माण अघि बढेको हो ।
निर्माणाधिन सूचारू गरिएको सडकको आज नगरप्रमुख भिम न्यौपानेले अनुगमन गर्नुभएको छ । निर्माण कम्पनिका प्रतिनिधिलाई भेटेर नगरप्रमुख न्यौपानेले कामलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
‘बर्षा कम भएको छ । कामलाई तीव्रता दिनुहोस् । अब कुनै पनि बाहानामा कामको ढिलासुस्ती स्वीकार्य हुँदै न । काम छिटो गर्नु भन्नुको मतलब गुण्स्तरहिन होस् भन्न खोजेको होईन, नगरप्रमुख न्यौपानेले भन्नुभयो ।’
पनौती-बनेपाको ६ किलो मिटर सडक पिच गर्ने तयारी गर्दै गर्दा बर्षा सुरू भएपछि रोकिएको थियो । सडक समयमै चिप नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
Facebook Comments