जिल्ला सहकारी संघ काभ्रेको आफ्नै भवन बन्ने भएको छ । भवनको शिलान्यास गरिएको छ ।
आज बनेपाको गोदामचोकमा पूर्व अध्यक्ष माधवनारायण जोशी, कुलचन्द्र अधिकारी, मुकुन्दप्रसाद दाहाल, शुभप्रसाद अधिकारी, सोमप्रसाद हुँमागाई, विनोद पराजुली, वर्तमान अध्यक्ष दिलिप शर्माले संयुक्त रुपमा भवनको शिल्यान्यास गर्नुभएको हो ।
४ करोड १९ लाख ७६ हजार रुपैयाँमा भवन निर्माण हुने छ । भवन निर्माणको काम एक बर्षमा पुरा हुने अध्यक्ष दिलिप शर्माले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा खानी निर्माण सेवा प्रा.लि. बानेश्वर, काठमाण्डौंले पाएको छ ।
Facebook Comments