सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन ५ वटा स्काभेटर सञ्चालनमा ल्याएको छ । असार १ र साउन १७ गतेको बाढीले बजारमै बगिरहेको खोलालाई नगरपालिकाले पुरानै धारमा फर्काउन थालेको हो ।
५ वटा स्काभेटरले दैनिक काम गरिरहेको र खोलालाई छिट्टै पुरानै अवस्थामा फर्काउन सकिने नगरपालिकाले जनाएको छ । कम्तिमा पनि १० दिन भित्र थप बाढी नआए खोलालाई साविककै अवस्था फर्काउन सकिने बताइएको छ ।
असार १ र साउन १७ गतेको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका खोला किनारका बस्ती नराम्रोसंग कटान गरेको छ । बाढीले मेलम्ची बजारको तल्लो भाग बगरमा परिणत गरिदिएको छ । दर्जनौँ पक्की घर, पुल बगाएको छ ।
Facebook Comments