काभ्रेको मण्डनदेउपुर नगरपालिकाले ५५ देखि ६२ बर्ष उमेर समुहका सबैलाई कोरोना भाईरस विरूद्धको दोस्रो डोज खोप लगाउने भएको छ ।
भेरोसेल खोपको पहिलो डोज लगाएर २१ दिन कटेका ५५ देखि ६२ बर्ष उमेर समुहका सबैलाई दोस्रो डोज खोप लगाईने नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख घिमिरेका अनुसार यहि २८ गते नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रबाट खोप लगाउन पाईनेछ । खोप लगाउन जाँदा यस अघि लगाएको खोप कार्ड भने साथै लैजानु पर्नेछ ।
Facebook Comments