फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेको अध्यक्षमा शम्भु तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ । आज धुलिखेलमा सम्पन्न १० औं साधारणले शम्भु तामाङ अध्यक्ष रहेको नयाँ जिल्ला कार्य समिति गठन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा भेष बहादुर दनुवार चयन हुनुभएको छ । सचिवमा किरण खरेल र कोषाध्यक्षमा रुद्रबहादुर खड्का चयन हुनुभएको छ ।
सदस्यहरूमा नेत्र बहादुर गौतम, ठाकुर प्रसाद दाहाल र सुरेश बस्नेत चयन हुनुभएको छ ।
Facebook Comments