नेकपा एमाले पार्टीभित्रको सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा छरपष्ट भएको छ । पालिका अध्यक्ष केदार क्षेत्रीको ‘हुकुमी शैली थप उग्र’ बन्दै गएको छ । अध्यक्ष क्षेत्री एमाले संस्थापन पक्षमा लाग्ने जनप्रतिनिधि विरूद्ध क्रुर ढंगले प्रस्तुत हुन थाल्नुभएको छ ।
अध्यक्ष क्षेत्रीले एमाले संस्थापन पक्षमा लाग्ने वडाध्यक्षलाई हटाउँदै गाउँपालिकाको सामाजिक विकास समितिमा माधव पक्षीय वडाध्यक्षलाई ल्याईएको छ । बलेफी ७ का वडाध्यक्ष कार्केल लामालाई सामाजिक बिकास समितिको स्योजकबाट हटाउँदै वडा नम्बर ५ का वडाअध्यक्ष बिकास श्रेष्ठलाई सामाजिक बिकास समितिको संयोजक बनाईएको छ ।
न्यायिक समितिको सदस्यबाट पनि लामालाई हटाउँदै वडा नम्बर ३ का अध्यक्ष विरमान तामाङलाई ल्याईएको छ । शिक्षा नीति बिपरित गाउँ कार्यपलिकाको बैठकबाट मनोमानी ढंगले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष समेत पाविका अध्यक्ष क्षेत्रीले तोक्नु भएको छ । गाउँपालिका अध्यक्ष केदार क्षेत्री स्वयं खाडीचौरस्थित बालशिक्षा माध्यामिक विद्यालयको अध्यक्ष बन्नुभएको हो । गाउँपालिका उपाध्यक्ष कमला कायस्थलाई जलबिरेस्थित आनन्द माध्यामिक विद्यालयको अध्यक्ष तोकिएको छ ।
आईतबार कार्यपालिका बैठक भनेर आफुहरुलाई बोलाईएपनी आफुहरु पुग्नु अगावै बैठक सकिएको भन्दै फर्काईएको वडाध्यक्ष कार्केल लामा र चरिबहादुर तामाङले बताउनुभयो । ‘हामी पुग्दा अध्यक्षले बैठक सकियो भन्नुभो, धन्यवाद भनेर फर्कियौँ’ बैठकको निर्णय सुन्दा दंग परियो, वडा नम्बर ८ का वडाध्यक्ष चरिबहादुर तामाङले भन्नुभयो ।’
Facebook Comments