Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे खानीखोलाबासीको दुःख: धेरै मर्छन् अस्पताल नदेखि, ज्यान जोगाउनै परे ‘हेलिकप्टर रिजर्भ’

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज, स्वास्थ्य
काभ्रे खानीखोलाबासीको दुःख: धेरै मर्छन् अस्पताल नदेखि, ज्यान जोगाउनै परे ‘हेलिकप्टर रिजर्भ’
Spread the love
    

काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ४ डाँडागाउँ, गुम्बा टोलकी सुन्ता माया जिम्बालाई सुरूमा टाउको दुख्ने र हात खुट्टा झमझमाउन थाल्यो । गाउँकै स्वास्थ्यकर्मीको सल्लाहमा स्वास्थ्यचौकीको औषधी खानुभयो ।

७० बर्षीय जिम्बालाई निको हुने कुनै छाँटकाँट नै देखिएन् । सडकबाट अस्पताल जाऔँ त राम्रोसंग १ किलोमिटर पनि गुड्न पाइँदैन । ठाउँ ठाउँमा सडक पहिरोले अवरुद्ध छ । अस्पताल नगए निको हुने ब्यथा सहेर शरीरलाई कति दुःख दिने ? आफन्तहरूले सल्लाह गरे । हेलिकप्टर रिजर्भ गर्ने निर्णय गरे ।

सुन्ता मायालाई आफन्तले ७० हजार रूपियाँ हेलिकप्टरको भाडा तिरेर धुलिखेल अस्पताल ल्याए । अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । ‘कामीडाँडा-तालढुंगा सडकबाट यो बेला सञ्चो मान्छे नै यात्रा गर्यो भनेपनि बिरामी हुने अवस्था छ । एम्बुलेन्स चल्न सक्न सडक नै छैन् । यो सडक कुर्नु भनेको आफन्तलाई अकालमै मार्नु हो भन्ने सम्झेर हामीले ठूलीआमालाई हेलिकप्टर चार्टर गरेर धुलिखेल अस्पताल ल्यायौ, सुन्ता मायाकी बहिनीका छोरा देव बहादुर वाईबाले भन्नुभयो ।’

सुन्ता माया जिम्बा एउटा उदाहरण मात्रै हुनुहुन्छ डाँडापारि क्षेत्रको । त्यहाँका धेरै नागरिकको बर्खा लागेपछि बिरामी हुँदा अस्पताल नहेरी मर्नु पर्ने बाध्यता छ । ‘केहि आर्थिक रूपमा सबल भएका परिवारकाले पो हेलिकप्टर चार्टर गरेरै भएपनि अस्पताल पुर्याउलान् । अधिकांश मान्छेले त हेलिकप्टर चार्टर गर्न सक्दैन् । शरिरमा रोग पालेर मृ त्यु कुर्नुको बिल्पक नै छैन् । सडकको बेहाल छ, देव बहादुर वाईबाले भन्नुभयो ।’

डाँडापारि क्षेत्रको (लाईफ लाईन) जीवन बचाउ सडकका रूपमा रहेको खोपासी-ताल्ढुङ्गा सडक २०४८ साल तिर नै सर्भे भएको पाईन्छ । २०५२ सालमा त शिलान्यास भएको थियो । हालसम्म एक अर्ब भन्दा बढि बजेट सकिएको बताईन्छ । तर दिउँदमै पनि राम्रोसंग यात्रा गर्न यो सडक परिपक्व भैसकेको छैन् ।

खोपासी-ताल्ढुङ्गा सडकको काम सुरू भएको झण्डै २६ बर्ष बितिसकेको छ । २६ वर्षको बिचमा देशमा ठूलै परिवर्तन आयो । ठूल-ठूला विकास निर्माणका योजना पुरा भइसकेका छन् । तर खोपासी-ताल्ढुङ्गा सडकको गति उस्तै छ । भौगोलिक रूपमा यो सडकमा पहाड धेरै छन् । यसको मलत बर्खा लाग्ने बित्तिकै आवातजावात नै बन्द हुनु पर्छ भन्ने कुरा स्वाभाविक होईन ।

लखभग २० वर्षपछि नयाँ जनप्रतिनिधि आए । उनीहरूको ५ वर्षे कार्यकाल समेत सकिने बेला भैसक्यो । तर पालिकाको केन्द्र पुग्ने मुख्य सडकको दुरावस्था उस्तै छ । यसको जिम्मेवारी लिने दायित्व जनप्रतिनिधि कै हो ।

सडक सुरू गर्दादेखि नै त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतृत्वले तदारुकता देखाएको भए अहिले पिच सडकमा यात्रा गर्न पाईन्थ्यो । तर यो सडकलाई विभिन्न राजनीतिक दलले गतिलो कमाई खाने योजना बनाए । जसको परिणाम रूप सामान्य बर्षा सुरू हुने बित्तिकै खोपासी-ताल्ढुङ्गा अवरुद्ध हुने गरेको छ ।

दुःख, बिमार परेको बेला आउजाउ गर्नै मुस्किल पर्छ भने अरू बेलाको सहजताले खासै असर गर्दैन् । सधै अभाव र विकटताले मात्रै डाँडाबासीलाई सम्बोधन गरिरहँदा त्यहाँबाट प्रतिनिधित्व गर्ने राजनीतिक दल र नेतृत्वले त्यसको जिम्मेवारी पनि लिन पर्छ ।

सडक राम्रो नहुँदा गर्भवती महिला सुत्केरी हुन नसक्दा पनि हेलिकप्टर नै चार्टर गर्ने गरिएको छ । सडक राम्रो नभएकै कारण २०७२ साल बैशाख १२ गतेको भुकम्पमा उद्धार र राहत वितरण निकै ढिला भयो । सडक राम्रो भएका ठाउँका घाईते उपचार गरेर घर फर्किदा डाँडापारी बासीको भने बल्ल उद्धारको पालो आएको थियो । यस्तै विपद् फेरी नआउँला भन्न सकिन्न ।

यहि सडकलाई थप मजबुद बनाउन भन्दै पूर्वाधार विकास कार्यालय धुलिखेलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बोलपत्र आव्हान गरी ठेक्का सम्झौता भएर केहि ठाउँमा काम समेत अघि बढेको छ । तर उक्त काम समेत गुणस्तरहीन रहेको स्थानीयले गुनासो गरेका छन् ।

यो सडकको अहिले शिवलय बिल्डर्स, काभ्रेले निर्माणको जिम्मा पाएको छ । करिब २ करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो । तर गुणस्तरहीन सामग्रीको प्रयोग गरेको भन्दै स्थानीयले दाहाल डाँडाबाट २०० मिटर तल ताल्ढुङ्गा जाने तर्फ निर्माण भैरहेको सडकको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर विरोध तथा ध्यानाकर्षण गराएका थिए ।

Post Views: 720

Spread the love
    

Facebook Comments

Next Post
चौतारा अस्पतालमा पीसीआर मेसिन पुग्यो, अक्सिजन प्लाण्ट पनि बिरगञ्ज आइपुग्यो

चौतारा अस्पतालमा पीसीआर मेसिन पुग्यो, अक्सिजन प्लाण्ट पनि बिरगञ्ज आइपुग्यो

खड्ग बहादुर तामाङलाई न्यायको माग गर्दै बाह्रबिसेमा प्र’र्दशन

खड्ग बहादुर तामाङलाई न्यायको माग गर्दै बाह्रबिसेमा प्र'र्दशन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!