नेकपा एमाले (मावध-झलनाथ समूह) ले धुलिखेल नगर कमिटीलाई पूर्णता दिएको छ । आजको बृहत कार्यकर्ता भेला गरार एमालेको मावध-झलनाथ समूहले धुलिखेल नगर कमिटीलाई पूर्णता दिएको हो ।
अध्यक्ष दया सागर श्रेष्ठ रहेको १ सय सदस्यीय नगर कमिटी घोषणा गरिएको हो । उपाध्यक्षमा सञ्चिता तामाङ, सचिवमा यादव कोईराला र उप सचिवमा कमल राय रहनुभएको छ ।
बृहत भेलाले विभिन्न संगठन पनि निर्माण गरेको छ । शैलेन्द्र पराजुली अध्यक्ष रहेको ३५ सदस्य युबा संघ नेपाल, आत्माराम पोखरेल अध्यक्ष रहेको ३५ सदस्यीय अखिल नेपाल किसान महासंघ, अनेरास्वबियु अध्यक्षमा गोबिन्द कुइकेल, नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा सानु भाई बि.क र अखिल नेपाल महिला संघको अध्यक्षमा गंगा भट्टराई चयन हुनुभएको छ ।
भेलालाई संबिधान सभा सदस्य बिदुर सापकोटा, जिल्ला अध्यक्ष टोक बहादुर वाईबा, प्रदेश कमिटि सदस्य लक्ष्मण लम्साल, जिल्ला पार्टी उपाध्यक्ष बसुन्धरा हुमागाई, सचिव दिपक गौतम, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, अनेरास्वबियु काभ्रेका अध्यक्ष बदन भण्डारी, अनेमा संघ अध्यक्ष पासाङ लामाले सम्बोधन गर्नुभएको थियो ।
Facebook Comments