काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिंखर्कका किसानलाई भुस्सा काट्ने मेसिन प्रदान गरिएको छ । आज च्याल्टीमा एक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष खजेन्ची बहादुर लामाले किसानलाई भुस्सा काट्ने मेसिन प्रदान गर्नुभएको हो ।
वडा ८ जना किसानलाई ७० प्रतिशत अनुदानमा भुस्सा काट्ने मेसिन प्रदान गरिएको पशु स्वास्थ्य प्राविधिक गोकुल कुमार लामाले जानकारी दिनुभयो ।बेथानचोक गाउँपालिकाको आर्थिक वर्ष २०७७/७ को स्वीकृत पशु सेबा शाखाको बजेटबाट भुस्सा काट्ने मेसिन प्रदान गरिएको हो ।
आजै वडाका पशु बिमा गर्ने किसानलाई ७५ प्रतिशत प्रिमियर रकम फिर्ता गरिएको छ । वडामा ४६ जना किसानले पशु बिमा गरेका छन् । वडाभित्र ७३ वटा पशुको बिमा गरिएको पशु स्वास्थ्य प्राविधिक लामाले बताउनुभयो ।
७५ प्रतिशत प्रिमियर रकम फिर्ता हुँदा किसानहरू खुशी भएका थिए । ठूलो रकम फिर्ता भएपछि थप पशुको पनि बिमा गर्न हौसला मिलेको किसानहरूले बताएका छन् ।
Facebook Comments