सिन्धुपाल्चोकको मेलम्ची खोलामा आज बाढी केहि कम भएको छ । १७ गते रातिदेखि बढेको मेलम्ची खोलाको बाढी केहि कम भएको हो ।
असार १ गते मेलम्ची खोलामा भयानक बाढी आएको थियो । त्यो दिनको बाढीले जोगाइ राखेका कयौँ पक्की पुल, घर र जमिन १७ गते रातिको भिषण बाढीले बगाएको छ ।
खोलामा बाढी कम भएपछि त्रास भने अझै कायम छ । स्थानीयलाई नगरपालिकाले उर्दी जारी गर्दै खोला किनारको घरमा नबस्न भनेको छ । बाढीले तीब्र गतिमा कटान गरिरहेको र फेरी पनि बाढी आउन सक्ने भन्दै नगरपालिकाले यस्तो आग्रह गरेको हो ।
पहिरोको उद्गमस्थल हेलम्बुको भ्रेमाथाङबाट लेदोसहितको बाढी फेरी पनि आउन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन आग्रह गरेका छन् । उनीहरूले पहिरो जानुको खास कारण अझै पत्ता लाग्न नसकेको भन्दै थप क्ष ति हुन् सक्छ चिन्ता व्यक्त गरेका छन् ।
बाढीले हेलम्बु, पाँचपोखरी थाङपालधाप गाउँपालिका र मेलम्ची नगरपालिकाका सबैभन्दा बढी प्रभावित बनेका छन् । दर्जनौं बजार बगरमा परिणत भएको छ । मेलम्चीको बाढी इन्द्रावती नदीमा बनाइएको पक्की पुल समेत उच्च जोखिममा छन् ।
भुकम्पले राम्रोसंग तंग्रिन नपाउँदै मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालधाप क्षेत्र फेरी थला परेको छ । बर्षौं लगाएर बनेका बजार, पुल र सडक क्षत विक्षत छन् । हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिकासंग सडक सम्पर्क टुटेको छ ।
Facebook Comments