काभ्रे मण्डनदेउपुर नगरपालिकाले पर्यटकीय क्षेत्र नगरकोटका होटल ब्यवसायी र कर्मचारीलाई
कोरोना भाईरस बिरूद्धको खोप लगाएको छ । पर्यटन ब्यवसायलाई सुरक्षित राख्न कोरोना भाईरस बिरूद्धको खोप लगाइएको नगरप्रमुख टोक बहादुर वाईबाले बताउनुभयो ।
नगरकोटका ६९६ जना होटल ब्यवसायी र कर्मचारीलाई पहिलो डोजको खोप लगाईएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो । होटल ब्यवसायी र कर्मचारीलाई भेरोसेलको पहिलो डोज खोप लगाइएको हो ।
खोप लिएर नगरप्रमुख वाईबा आफै नगरकोट पुग्दा ब्यवसायीहरू खुशी भएका थिए । पर्यटन ब्यवसायी, होटल, रिसोर्ट, रेष्टुरेण्टमा कार्यरत कर्मचारी र त्यस क्षेत्रमा रहेका स्थानीय समुदायलाई पनि खोप लगाइएको हो ।
नगरपालिकामा १ हजार ३ सय ८६ जनाले कोभिशिल्डको पहिलो डोज खोप लगाएका थिए । जस मध्ये ३५१ जनाले दोस्रो डोज पनि पुरा गरेका छन् ।४६० जनाले भेरोसेल खोपको दुबै डोज लगाइसकेको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो ।
त्यस्तै ६३ देखि ६५ बर्ष उमेर समुहका ६२४ ले पनि दुबै डोज पुरा गरेका छन् । ५५ देखि ६२ बर्ष उमेर समुहका २ हजार ९८ जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।
१ हजार ५ सय ८५ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । ५० बर्ष माथिका यसअघि खोप लगाउन छुटेका ९ सय जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।
आज र भोलीपनि खोप लगाइने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो ।
Facebook Comments