गएराति सुनकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा भौतिक क्ष ति पुर्याएको छ । नगरप्रमुख निमफुञ्जो शेर्पाका अनुसार बाढी सुनकोशी र भोटेकोशीको संगमस्थलमा निर्माण गरिएको आर्य’घाट बगाएको छ ।
बाढीले मानवीय क्षति भने नभएको नगरप्रमुख शेर्पाले बताउनुभयो ।३५ लाख लगातमा निर्माण गरिएको आर्य’घाट लगभग काम नलाग्ने गरी बाढीले बगाएको हो । नगरपालिकाले सुविधासम्पन्न आर्यघाट बनाएको थियो ।
नगरप्रमुख शेर्पाले आज बिहानै बाढीले पुर्याएको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ । थप क्ष’ति हुन नदिन सरोकारवाला पक्षलाई आवश्यक काम अघा बढाउन आग्रह गरिसकेको नगरप्रमुख शेर्पाले मिलिजुली खबरलाई बताउनुभयो ।
‘सुनकोशीको बाढीले मानवीय क्ष ति पुगेको जानकारी अहिलेसम्म आएको छैन्, तर आर्य घाट बगाएको छ, थप क्ष ति हुन नदिन सरोकारवाला पक्षलाई आवश्यक काम गर्न निर्देशन दिईसकेको छु, नगरप्रमुख शेर्पाले भन्नुभयो ।’
राती बर्षासंगै आएको पहिरोले चोकटी-धुस्कुन सिमानाको खोलामा ठुलो पहिरो गएको स्थानीय विदुर नेपालले जानकारी दिनुभयो ।
सुनकोशीको बाढीले सुनकोसी-धुस्कुन सडक खण्डको बेलिबृज, पक्की पुल आसपासको ग्याबिन पर्खालमा क्षति पुर्याएको छ । बाह्रबिसे पट्टिको बेलिबृजको जिप लगभग बगाइसकेको नेपालले बताउनुभयो ।
नगरप्रमुख शेर्पाले बाढीले पुर्याएको क्षतिको विवरण आउने क्रम जारी रहेको भन्दै थप क्षति हुन नदिन आवश्यक समन्वय र पहल तीव्र गतिमा गरिएको बताउनुभयो ।
Facebook Comments