काभ्रेको नमोबुद्ध नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । नगरपालिकाले बैंकसम्म पुग्न नसक्ने अशक्त व्यक्तिलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको हो ।
नगरपालिकाले वडा नम्बर २ बाट घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । सबै वडामा अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
बैंकका कर्मचारी नै अशक्त ब्यक्तिको घरमा पुगेर मोबाइल बैंकिङमार्फत भत्ता वितरण गर्ने गरेका छन् । बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता दिन थालेपछि शारिरीक रूपमा अशक्त भएका ब्यक्तिलाई समस्या नहोस् भनेर घर घरै पुग्न थालेको नगरपालिकाले जनाएको छ ।
Facebook Comments