इन्द्रावती नदीमा आएको बाढीले आज बिहानदेखि बाहुनेपाटीकाे पक्की पुल तीब्र गतिमा कटान सुरू गरेको छ । यो मध्यपहाडी लोकमार्ग अन्तर्गत बनाइएको पुल हो ।
बाढीले पुलको बजार पट्टीको क्षेत्र तीब्र रूपमा कटान गरिरहेको छ । बजार पट्टीको भाग कटान सुरू भएपछि बाहुनेपाटी बजार पनि जाेखिममा परेको छ । बजारका स्थानीय घर छोडेर सुरक्षित स्थानमा बसिरहेका छन् ।
मेलम्ची खोलामा बाढीले हिजो चनौटे स्थित रातो पुल बगाइसकेको छ । यसअघि असार १ गतेको बाढीले मेलम्ची बजारको तल्लो भागलाई बगरमा परिणत गराएको छ ।
बाढीबाट हेलम्बु, पाँचपोखरी थाङपालधाप गाउँपालिका र मेलम्ची नगरपालिकाको बाढीबाट सबैभन्दा बढी प्रभावित बनेका छन् ।
मेलम्ची खोलामा अस्ती रातिदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा ब्यापक क्षति पुर्याएको छ ।
Facebook Comments