मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर ६ मा चनौटे स्थित रातो पुल बगाएको छ । हिजो रातिदेखि नै एको अविरल वर्षासंगै आएको बाढीले आज बिहान पुल बगाएको हो ।
पुल बगेसंगै मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८, पाँचपोखरी थाङपालधाप गाउँपालिकाको वडा नम्बर १ र २ र हेलम्बुका धेरै वडामा तत्काललाई सडक सम्पर्क टुटेको छ ।
एक मात्र बिकल्पको रूपमा रहेको पुल बगाएपछि त्यस भेगको जनजीवन थप कष्टकर हुने भएको छ । असार १ गतेको भन्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।
असार १ गतेको बाढीले जोगाएका कयौँ भौतिक संरचना बगाएको बताइएको छ । बाढी मानवीय क्ष ति पुर्याएको बारे भने अहिलेसम्म कुनै जानकारी नआएको प्र हरीले बताएको छ ।
Facebook Comments