धुलिखेल जुनियर जेसिजले धुलिखेल नगरपालिकाभित्रको दुईवटा वडाका भुस्याहा कुकुरलाई रेबिज भाईरस विरूद्धको खोप लखाएको छ । जुनियर जेसिजले आज नगरपालिकाको वडा नम्बर ६ र ७ मा छाडा छोडिएका कुकुरलाई रेबिज भाईरस विरूद्धको खोप लगाएको हो ।
दुई वटा वडाका ५० वटा भुस्याहा कुकुरलाई रेबिज भाईरस विरूद्धको खोप लगाएको जुनियर जेसिजले जनाएको छ । धुलिखेल नगरपालिकाको पुरानो बजारमा भुस्याहा कुकुरको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
Facebook Comments