Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलका स्वास्थ्यकर्मी हाईअलट मा, फेरी सं क्रमित खोज्न घर गाउँमा

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका स्वास्थ्यकर्मी हाईअलट मा, फेरी सं क्रमित खोज्न घर गाउँमा
Spread the love
    

काभ्रेको धुलिखेल नगरपालिकाका स्वास्थ्यकर्मीले कोरोना भाईरसको सम्भावित तेस्रो लहरसंग जुध्न तयारी थालेका छन् । स्वास्थ्यकर्मीहरू उच्च मनोबलका साथ कोरोना सं क्रमित खोज्न फेरी घर गाउँ पुग्न थालेका छन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बुधबार वडा नम्बर १२ मा स्वाब संकलन गरेको फोटो फेसबुकमा राखेर समुदाय स्तरमा पुनः नगरपालिकाले कोरोना सं क्रमित खोज्न थालेको जनाउ दिनुभएको छ । केसीले लेख्नु भएको छ: ‘कोरोना भाईरसका सं क्रमित बढेसंगै हाम्रो सक्रियता बढेको छ, साथीहरु फेरी पिपिईमा गुम्सन थाल्नुभयो ।’

वडा नम्बर १२ बाट ११ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले मिलिजुली खबरलाई बताउनुभयो । नगरपालिकाले यसअघि पछिल्लो पटक अंग्रेजी महिनाको जुन १५ तारिखका दिन वडा नम्बर २ रविओपीमा समुदाय स्तरमै स्वाब संकलन गरेको थियो ।

त्यो बेला रवीओपीमा ५८ जनाको स्वाब परीक्षण गर्दा २१ जना अर्थात ३६ प्रतिशत भन्दा बढिमा संक्रमण पुष्टि भएकाे थियो । त्यसपछि नगरपालिकाले जुन २७ तारिखका दिन नगरपालिकाभित्रका शिक्षकहरूको स्वाब परीक्षण गरेको थियो । २७ तारिखमा नगरपालिकाकै हलमा ७२ जना शिक्षकको स्वाब संकलन गरिएको थियो ।

त्यसपछि समुदाय स्तरमै पुगेर स्वाब संकलन भएको थिएन् । त्यो बेला जिल्लाभर कोरोना सं क्रमितको संख्या ४ सयभन्दा कम भैकेको थियो । तर अहिले त्यो संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय काभ्रेले दैनिक अद्यावधिक गर्ने विवरण अनुसार सबैभन्दा बढी सक्रिय कोरोना सं क्रमितको रहेका चार नगरपालिका मध्य धुलिखेल १४८ जना सक्रिय सं क्रमित सहित दोस्रो स्थानमा छ ।

पनौती नगरपालिकामा अहिले १६२ जना सक्रिय सं क्रमित छन् । जिल्लाका १३ स्थानीय तह मध्य हालसम्म यो संख्या सबैभन्दा बढी हो । पाँचखाल नगरपालिकामा ११९ र बनेपा नगरपालिकामा १०९ जना सक्रिय सं क्रमित रहेका छन् ।

कोरोना भाईरसका नयाँ नयाँ रूप फेरिँदै गर्दा सं क्रमणको दर बढेपछि धुलिखेल नगरपालिकाले फेरी समुदाय स्तरमै स्वाब संकलन सुरु गरेको स्वास्थ्य शाखा प्रमुख केसीको भनाई छ । ‘समुदायमा थप फैलन नदिन समुदाय स्तरमै स्वाब संकलन गर्न फेरी थालेका हौँ, यो बीचमा समुदाय स्तरको परीक्षण लगभग ठप्प थियो, आवश्यकता अनुसार गाउँ गाउँ जाने गरी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेका छौँ, शाखा प्रमुख केसीले भन्नुभयो ।’

धुलिखेलका स्वास्थ्यकर्मी फेरी एकपटक पिपिई सेट लगाएर गाउँ घर पुग्न सुरू गरेका हुन् । दोस्रो लहरबाट २०७८ साल बैशाख १ गते यता धुलिखेल नगरपालिकाका मात्रै ३६ जनाले ज्या’न गुमाई सकेका छन् । अबको नयाँ भेरियन्टबाट पनि नगरभित्र क्ष ति कम गराउन उच्च सावधानी अपनाएर काम गरिरहेको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

धुलिखेल नगरपालिकाले समुदायमा पुगेर अहिलेसम्म एन्टिजेन परीक्षण गरेको छैन् । उसले स्वाब संकलन गर्ने गरेको छ । धुलिखेल नगरपालिकाभित्र संकलन गरिएको स्वाब धुलिखेल अस्पतालको पीसीआर मेसिनमा परीक्षण हुन्छ । जसले गर्दा रिपोर्ट पनि अन्य ठाउँको भन्दा छिटो हुने गरेको छ ।

 

Post Views: 419

Spread the love
    

Facebook Comments

Next Post
‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को स्थलगत अवलोकन

'मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना' को स्थलगत अवलोकन

माथिल्लो चौरीखोला हाइड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने

माथिल्लो चौरीखोला हाइड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!