कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज तरकारीको तोक मुल्य तोकेको छ । समितिले आज ८४ प्रकारका फलफूल तथा तरकारीको मुल्य तोकेको हो ।
ठूलो गोलभेँडा (भारतिय) प्रतिकेजी न्यूनतम मुल्य ७० र अधिकतम मुल्य ८० रूपैयाँ छ भने ७५ रूपैयाँमा कारोबार भैरहेको छ । सानो गोलभेँडा प्रतिकेजी न्यूनतम मुल्य २५ र अधिकतम मुल्य ३० रूपैयाँ छ भने २७ रुपैयाँसम्म बिक्रि भैरहेको छ । टनेलको गोलभेँडा प्रतिकेजी न्यूनतम मुल्य ४२ र अधिकतम मुल्य ५० रूपैयाँ छ भने ४९ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
रातो आलु प्रतिकेजी न्यूनतम मुल्य ४८ र अधिकतम मुल्य ५० रूपैयाँ छ भने ४९ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । रातो आलु (भारती) प्रतिकेजी न्यूनतम मुल्य २८ र अधिकतम मुल्य ३० रूपैयाँ छ भने २९ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
मुडेको रातो आलु प्रतिकेजी न्यूनतम मुल्य ४५ र अधिकतम मुल्य ४७ रूपैयाँ छ भने ४६ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । सेतो आलु प्रतिकेजी न्यूनतम मुल्य ३४ र अधिकतम मुल्य ३५ रूपैयाँ छ भने ३४ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
सुकेको प्याज प्रतिकेजी न्यूनतम मुल्य ४५ र अधिकतम मुल्य ५० रूपैयाँ छ भने ४७ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । गाजर प्रतिकेजी न्यूनतम मुल्य १२० र अधिकतम मुल्य १४० रूपैयाँ छ भने १३० रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
रायो साग प्रतिकेजी न्यूनतम मुल्य ८० र अधिकतम मुल्य ९० रूपैयाँ छ भने ८६ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । पालुङ्गो साग प्रतिकेजी न्यूनतम मुल्य १०० र अधिकतम मुल्य ११० रूपैयाँ छ भने १०३ रुपैयाँसम्ममा बिक्री भैरहेको छ ।
Facebook Comments