काभ्रेमा आज कोरोना भाईरसका ४२ जना सं’क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका आज ४१ जना निको भएका छन् ।
योसँगै जिल्लामा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या ६०९ पुगेको छ । जसमा होम आईसोलेसनमा ५७१ र अस्पतालको आईसोलेसनमा ३८ जना रहेका छन् ।
सबै भन्दा बढी बनेपा नगरपालिकाका ११ जना महिला र ८ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिकामा ५ जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकामा २ जना महिला र १ जना पुरुष रहेका छन् ।
त्यस्तै पाँचखाल नगरपालिकामा ५ जना महिला, नमोबुद्ध नगरपालिकामा महिला र पुरुष १/१ जना, रोशी गाउँपालिकामा २ जना पुरुष, भुम्लु र तेमाल गाउँपालिकामा १/१ जना पुरुषमा सं क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
Facebook Comments